विषादी मिसिएको ताडी पिउँदा एघार जना सिकिस्त

२८ फाल्गुन २०७०, बुधबार १८:०४ मा प्रकाशित


गौशाला, २८ फागुन । महोत्तरीको फुल्हट्टा परिकौली गाविसमा विषादीयुक्त ताडी पिउँदा एघार जना सिकिस्त विरामी परेका छन् ।

गाउँ नजिकैको खजुरको बोटमा ताडी चुहाउन लगाइएको भाँडोबाट उनीहरूले आज (बुधबार) चोरेर ताडी पिएको प्रहरी निरीक्षक एकवाल हवाडीले जानकारी दिए । ताडी पिए पछि उनीहरु विरामी परेका हुन् ।

सिकिस्त हुनेमा परिकौली फुल्हट्टा–९ बस्ने १६ वर्षीय विजय महतो, २६ वर्षीया कोशिला देवी, ३० वर्षीया गीता चौधरी, १४ वर्षीय उमेश चौधरी, नौ वर्षीय कमलेश चौधरी, पाँच वर्षीय राहुल मुखिया, १८ वर्षीय अवधेशकुमार मुखिया, ३० वर्षीय जोगिन्द्र मुखिया, १५ वर्षीय राजेश मुखिया, दुई वर्षीय राकेश मुखिया र १० वर्षीया रीना मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पटकपटक उनीहरूले ताडी चोरेर खाइदिने गरेकाले ताडी चुहाउनेले भाँडोमा विषादी राखिदिएको बताए ।

विरामी परेकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि एघारै जनालाई अञ्चल अस्पताल जनकपुर पठाइएको चिकित्सक साकेश कर्णले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न