संस्थानद्धारा दूधको मूल्यमा भारी वृद्धि

२८ फाल्गुन २०७०, बुधबार १२:५२ मा प्रकाशित

काठमाडौं, २८ फागुन । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको मूल्यमा आज (बुधबार) देखि लागू हुनेगरी भारी वृद्धि गरेको छ ।
संस्थानको सञ्चालक समितिको मंगलबार बसेको बैठकले दूधको मूल्यमा प्रतिलिटरमा ६ देखि आठ रुपियाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो । संस्थानले वितरण गर्दै आएको हरियो प्याकेटको (स्ट्यान्डर) दूधको मूल्य ३० बाट बढाएर ३४ रुपियाँ प्रतिप्याकेट पुराएको छ ।
नीलो प्याकेटमा २५ रुपियाँका दरले उपलब्ध गराउँदै आएको दूधको मूल्य बढाएर २८ रुपियाँ कायम गरिएको छ ।
दूधको उत्पादन लागतमा मूल्यवृद्धि हुन गई किसानलाई मर्का परेकाले व्यवसायलाई आकर्षण गर्न दूधको मूल्यमा वृद्धि गर्नु परेको संस्थानका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीले जानकारी दिए ।
किसानले संस्थानलाई दूधको मूल्य वृद्धि गर्न केही समयअघि देखि दबाब दिँदै आएका थिए । मूल्यवृद्धि हालसम्मकै उच्च रहेको छ । एक्कासि मूल्यवृद्धि भएकामा भने उपभोक्ता आक्रोशित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय