जेलबाट छुटेकै दिन डकैती

२८ फाल्गुन २०७०, बुधबार ०६:५१ मा प्रकाशित


काठमाडौं, २८ फागुन । अपराधीलाई जेल हालेपछि अपराध घट्ने प्रहरीको अपेक्षा हुन्छ । तर, चार वर्ष जेल परेर छुटेकै दिन एक व्यक्तिले डकैती गरेका छन् ।
काभ्रे पाँचखाल घर भएका कृष्ण गौतम २५ फागुनमा केन्द्रीय कारागारबाट छुटेका थिए । छुटकै दिन बेलुका उनले न्युरोड रन्जना गल्लीमा केदार ढुंगानालाई धम्क्याएर नगद तथा मोबाइल डकैती गरेका छन् । गौतमलाई त्यही दिन प्रहरीले पक्राउ गरी डाँका मुद्दामा कारबाही अघि बढाएको छ ।
कारागार प्रशासनले दिएको कैद भुक्तान गरेको पत्रसमेत गौतमको खल्तीबाट बरामद भएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी उमेशराज जोशीका अनुसार जेलमै रहँदा उनले त्यसरी डकैती तथा लुटपाटको योजना बनाएका थिए । साथी इमान तामाङलाई जेलमै बोलाएर उनले लुटपाटबारे छलफल गरेका थिए । पाँचजना मिलेर ढुंगानालाई लुटपाट गरेका थिए ।
लुटपाट गरेर भागेका पाँचैजनालाई जनसेवा प्रहरीले सोही दिन पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा गौतम र इमानसहित सविता तामाङ, सन्तोष लामा र सञ्जीव डंगोल छन् । डाँका मुद्दामा उनीहरूको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डिएसपी जोशीले बताए ।
खासगरी लागुऔषध तथा चोरीका मुद्दामा जेल परेकाहरू छुटेलगत्तै पुनस् अपराधमा लाग्ने गरेका छन् । कमजोर सजाय हुने भएकाले पक्राउ परे पनि छिटै छुट्ने भएकाले यसरी अपराधमा लाग्ने प्रहरीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र