रामकृष्ण एकल साँझको तयारीमा

२८ फाल्गुन २०७०, बुधबार ०६:०५ मा प्रकाशित

काठमाडौं, २८ फागुन । गायक रामकृष्ण ढकाल यतिबेला आङ्खनो एकल सांगीतिक साँझका लागि पूर्वअभ्यासमा व्यस्त छन् । नेपालमा विदेशी कलाकार ल्याएर सांगीतिक कार्यक्रम गर्ने क्रम बढेका बेला उनी एकल साँझमार्फत श्रोतामाझ आउन लागेका हुन् ।

आगामी ३० चैतको साँझ राजधानीमा तीन घन्टासम्म लगातार आपूm श्रोतामाझ गीतसंगीतसहित प्रस्तुत हुने उनले बताएका छन् । कार्यक्रकमा आधुनिक, राष्ट्रिय भावनाले ओतप्रोत र चलचित्रका गरी करिब दुई दर्जन गीत प्रस्तुत गर्ने उनले बताएका छन् । सो कार्यक्रममा स्वरसम्राट् नारायण गोपालका पनि केही गीत गाउने गायक ढकालले जानकारी गराए ।
‘तेस्रो ढकाल सुमधुर साँझ–२०७०’ को आयोजना गृष्मा इन्टरटेनमेन्टले गर्दै छ । विदेशका कैयौं मुलुकमा एकल साँझ रिसकेका गायक ढकालको माग यहाँका श्रोतामाझ रहेकाले एकल साँझ गर्न लागिएको आयोजक गिरेन्द्र घिमिरेले बताए ।
मुलुकमा विदेशी गायक–गायिकाले एकल कन्सर्ट गरेर नेपाली रकम विदेश लगेका बेला यो सुमधुर साँझले नेपालमा पनि राम्रा स्रष्टा छन् भन्ने सन्देश दिने पनि घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार