सलमान खराब प्रेमी

२८ फाल्गुन २०७०, बुधबार ०६:०१ मा प्रकाशित

एजेन्सी

मुम्बई : उमेरले ४८ वर्ष पुगेका बलिउड अभिनेता सलमान खानले अहिलेसम्म विवाह नगरेको कारण आफूलाई कुनै पछुतो नभएको बताएका छन् ।
कुनै पनि प्रेमिकासँग विवाह नगरेका कारण सलमानलाई असफल प्रेमीको आरोप पनि नलागेको होइन । यो प्रसंगमा अभिनेता खानले सञ्चारकर्मीसँग एक भेटमा भने, ‘म आपूmलाई एक खराब प्रेमी (ब्वाइफ्रेन्ड ठान्छु । तर, म अहिले पनि मेरी पूर्वप्रेमिकाहरूको असल साथी बन्न सकेको छु ।’ विवाहको प्रसंगलाई अहिले पनि उनले ठट्यौलीको रूपमा लिने गरेका छन् । सञ्चारकर्मीहरूले विवाहका बारेमा सोधेको अर्को प्रश्नमा उनले यस्तै ठट्यौली उत्तर दिएर सबैलाई हँसाएका छन् । विवाह बारेको प्रश्नमा अभिनेता खानले भने, ‘मलाई बच्चा दिनुस्, माया गरेर पाल्छु र बच्चाकी आमा मलाई चाहिँदैन ।’
अहिलेसम्म विवाह नगरेकै कारण आफू कुमार तथा युवा रहेको पनि उनले बताएका छन्, ‘यदि मैले आङ्खनी पहिली प्रेमिकासँग विवाह गरेको भए आज म हजुरबुबा भइसक्थें ।’ उनले भने, ‘किनकि शरीरिक रूपमा म तन्नेरी देखिए पनि नाति–नातिना भएका कारण मलाई हजुरबुबाको रूपमा सम्बोधन गरिन्थ्यो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार