घरेलु मदिरामा मोजा र पेटिकोट

२८ फाल्गुन २०७०, बुधबार ०५:५० मा प्रकाशित


बुटवल, २८ फागुन । घरेलु मदिरा पिउँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, पिउँदै गरेको मदिरा कसरी बनेको होला ? कतै अखाद्य पदार्थ पो मिसिएको छ कि ? यस्तै अखाद्य पदार्थबाट बनेका घरेलु मदिरा बुटवलमा जताततै भेटिल थालेको प्रहरीले जनाएको छ ।
हालै मात्र बुटवल प्रहरीले गरेको खोज अनुसन्धानमा घरेलु मदिरा बनाउन सडेका जुत्ता, मोजा, पेन्टी, पेटीकोटलगायतका फोहोर प्रयोग हुने गरेको पाइएको हो । घरेलु मदिरामा केमिकलका रूपमा त्यस्ता वस्तुहरू राखेर स्वाद निकाल्ने गरिएको प्रहरीको भनाइ छ । जुनसुकै मदिरा पनि स्वाथ्यका लागि हानिकारक हुँदाहुँदै पनि राज्यले ठूलो कर लिएर मदिरा बिक्रीका लागि छुट दिने गरेको छ । तर, कानुनी मान्यता नपाएको घरेलु मदिरा यतिबेला प्रहरीले बेचबिखनमा पनि रोक लगाउने अभियान सञ्चालन गरेको छ । मदिराको बिक्री–वितरण रोक्नका लागि प्रहरी मदिरा बनाउने चुलोसम्म नै पुग्ने गरेको छ ।
बुटवल तथा आसपासका क्षेत्रमा अवैध रूपमा मदिरा बनाउने स्थानबाट ठूलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले बताएको छ । बुटवल रामनगर, शिवनगर, देवदहको चरंगेलगायतका स्थानमा घरमै छापा मारी अवैध रूपमा बनाइएको तथा बनाउन तयारी गरेको २ सय लिटर मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडासमेत बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
वडा प्रहरी कार्यालयको सक्रियतामा तीन दिनको बीचमा छापा मारी बरामद गरिएको अवैध मदिरा सञ्चारकर्मीहरूको रोहवरमा मंगलबार नष्ट गरिएको हो । बरामद गरिएको अवैध मदिरामा जुत्ता, मोजा, पेन्टी, पेटिकोटलगायतका सामग्री भेटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न