दाइजो नदिएपछि हत्या गरेको आरोप

२८ फाल्गुन २०७०, बुधबार ०५:४३ मा प्रकाशित

वीरगन्ज, २८ फागुन । पाँच दिनअघि शंकास्पद रूपमा मृत्यु भएको भनिएकी जायत्री कुमारीका बाबुले छोरीको हत्या भएको आरोप लगाएका छन् । जायत्रीका बाबु रामरूप महतो कोइरीले मागेजति दाइजो आपूmले दिन नसकेपछि छोरीलाई विष खुवाएर हत्या गरेको बताएका छन् ।
पर्साको परशुरामपुर–५ निवासी महतो कोइरीले मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन् । कोइरीकी छोरी जायत्रीको गत २२ फागुन बिहान डंकन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । छोरीका परिवारले शवलाई वीरगन्ज ल्याउँदै गर्दा वीरगन्ज भन्सारस्थित बाटोमा भेटेको मृतकका बाबु कोइरीले बताएका छन् ।
तीन वर्षअघि ३ लाख ५० हजार रुपैयाँ दाइजो दिएर जायत्रीको वीरगन्ज–१९ नगवा निवासी महेन्द्र महतो र राधिका देवी भन्ने तारादेवीका छोरा सन्तोषकुमार कुश्वाहासँग विवाह भएको थियो । सो समयमा उनीहरूले माग गरेको ४ लाखमध्ये ५० हजार रुपैयाँ छोडेका थिए । सो ५० हजार रुपैयाँ र मोटरसाइकल नदिएको भन्दै पटक–पटक छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको छोरीको भनाइ उद्धृत गर्दै बाबु कोइरीले सञ्चारकर्मीसामु बताए । २१ वर्षीया छोरी जायत्री कुमारीलाई उनका ससुराली पक्षले नै जानाजान हत्या गरेको उनको आरोप छ ।
गत २१ फागुनमा छोरीका सासू–ससुरा र श्रीमान् क्रमशः महेन्द्र महतो, राधिका देवी र ज्वाइँ सन्तोषकुमार कुश्वाहाले जायत्रीलाई कुटपिट गरी खानामा विष मिसाई खुवाएको र जायत्रीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगन्जको सीमावर्ती भारतीय रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गराएपछि उपचारको क्रममा २२ फागुनमा मृत्यु भएको पिता कोइरीको भनाइ छ ।
२१ फागुनमा विष सेवनबाट बिरामी भएकी जायत्रीलाई ससुराली पक्षले नजिकै रहेको नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना नगराई चोर बाटोबाट रक्सौल लैजानु र बोल्न नसक्ने अवस्थामा उनी पुगेपछि मात्र माइती पक्षलाई जानकारी दिनुले छोरीको मृत्यु शंकास्पद भएको मृतक जायत्रीकी दिदी आरती देवीले बताइन् । जायत्रीका बाबु कोइरीले छोरीको हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिए पनि दर्ता गर्न नमानेको बताए ।
यता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले सो घटनाको अनुसन्धान भइरहेको बताए । मृतक जायत्रीका ससुराली पक्षलाई निगरानीमा राखिएको उनको भनाइ छ । मृतकको भिसेराको नमुना परीक्षणका लागि अस्पतालले काठमाडौं पठाएको र नमुनाको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने उपरीक्षक सिंहले बताए । मृतक जायत्रीकी १८ महिनाकी एउटी छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण