क्रिमियाद्वारा युक्रेनबाट स्वतन्त्र भएको घोषणा

२८ फाल्गुन २०७०, बुधबार ०५:३२ मा प्रकाशित

एजेन्सी


सिम्फेरोपोल, २८ फागुन । क्रिमियाका मस्को समर्थक सांसदहरूले मंगलबार युक्रेनबाट स्वतन्त्र हुन मंगलबार मतदान गरेका छन् । स्थानीयसभाले संसद्मा उपस्थित ८१ सांसदमध्ये ७८ सांसदले स्वायत्त क्रिमिया र सिभास्टोपोल सहरका बारेमा मतदान गरेका छन् । यो मतदानसँगै क्रिमिया युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेको छ ।
संसद्ले लिएको सो कदमलाई किभको नयाँ सरकारले भने गैरकानुनी भएको घोषणा गरेको छ । संसद्को कदम रसियामा गाभिने एक सार्वभौमसत्ता राज्यको कानुनी पहल भएको बताइएको छ ।
क्रिमिया रसियाली महासंघमा समाहित हुने परिणाम जनमत संग्रहबाट आएमा स्वतन्त्रता कार्यान्वयन हुने संसद्को सूचना सेवाले जनाएको छ ।
सो घोषणाले सर्भियाबाट कोसोभोको विभाजनलाई सन्दर्भ बनाएको भन्दै ‘स्वतन्त्रातको एकतर्फीय घोषणाले कुनै पनि अन्तर्राष्ट्रिय कानुनलाई’ उल्लंघन नगर्ने दाबी गरेको छ ।
‘यदि, जनमत संग्रह रसियाको पक्षमा भएमा स्वतन्त्र क्रिमिया गणतन्त्र र सार्वभौमसत्ता राज्य रसियाली महासंघमा समाहित हुन निवेदन दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार