भारतमा माओवादीद्वारा १६ को हत्या

२८ फाल्गुन २०७०, बुधबार ०५:२९ मा प्रकाशित

एएफपी


राइपुर, २८ फागुन । भारतीय माओवादीले मंगलबार गरेको एक शक्तिशाली आक्रमणमा परी कम्तीमा पनि १६ जना प्रहरी मारिएका छन् । मारिनेमा एकजना प्रहरी अधिकृत पनि रहेका छन् ।
भारतमा आगामी दुई महिनामा संसद्को निर्वाचन हुँदै छ । सो निर्वाचनअघि भएको सुरक्षाकर्मीमाथिको यस आक्रमणलाई सुरक्षाको एक कडा चुनौतीका रूपमा लिइएको छ ।
करिब २ सयजनाको संख्यामा रहेका माओवादीले सो हमला गरेको बताइएको छ । जसका कारण अरू पनि कैयौं प्रहरी अधिकारी घाइते भएका छन् । भारतको छत्तीसगढ राज्यमा सो हमला भएको हो । सो हमलामा विद्युतीय धराप थापेर गरिएको बताइएको छ ।
छत्तीसगढका एकजना वरिष्ठ प्रहरी अधिकारी मुकेश गुप्ताले भने, ‘अहिलेसम्ममा भारतको अर्धसैनिक बलका ११ र राष्ट्रिय प्रहरी संगठनका चारजना गरी १५ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।’
तर, मारिने प्रहरीको संख्या योभन्दा पनि अझै धेरै रहेको माओवादीहरूले जनाएका छन् ।
राइपुरमा माओवादीविरुद्धको कारबाहीका एकजना प्रहरी प्रमुख राजिन्दर कुमारले मारिने प्रहरी र सुरक्षाकर्मीको संख्या २० भन्दा बढी रहेको जानकारी दिएका छन् ।
छत्तीसगढको सुक्मा जिल्लामा रहेको एक स्थानीय सडकलाई विगत लामो समयदेखि माओवादीहरूले अवरोध पु¥याइरहेकाले सो बाटो खुलाउने क्रममा रहेको प्रहरीमाथि सो आक्रमण भएको हो ।
आक्रमणका क्रममा माओवादीहरूले निकै शक्तिशाली हतियारको प्रयोग गरेको पनि बताइएको छ ।
उनीहरूले प्रहरीलाई विद्युतीय धरापमा पारी आक्रमण थालेका थिए । घाइते प्रहरीका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३