वल्र्डलिंकको वायरलेस सेवामा डाटा प्लान

२८ फाल्गुन २०७०, बुधबार ०५:०९ मा प्रकाशित

काठमाडौं, २८ फागुन । केबल सेवामा डाटा योजनाको सफलतापछि वल्र्डलिंक कम्युनिकेसनस प्रालिले वायरलेस सेवामा पनि दुईओटा नयाँ डाटा योजना सुरु गरेको छ । दुवै योजनामा ३० जीबी डाटा उपलब्ध छन् । पहिलो योजनामा ५१२ केबीपीएसको गतिमा चल्ने इन्टरनेट रहेको छ । यसको मासिक मूल्य १ हजार ६ सय रहेको कम्पनीले बताएको छ ।
त्यसैगरी, दोस्रो योजनाअन्तर्गत १ एमबीपीएसको गति रहेको छ र यसको मासिक मूल्य २ हजार २ सय रहेको छ । डाटा प्लानमा ग्राहकले खरिद गरेको डाटा तोकिएको समय अवधि अगाडि नै सकिएको खण्डमा इन्टरनेट सेवा भने अवरुद्घ नहुने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ । उदाहरणका लागि यदि ग्राहकले ३० जीबी एक महिना (३० दिन) का लागि खरिद गरेको छ र सो डाटा २५ दिनमा नै सकिएको खण्डमा बाँकी रहेको पाँच दिन ग्राहकले १२८ केबीपीएसको अनलिमिटेड सेवा पाउँछ जसकारण ग्राहकको इन्टरनेट सेवा अवरुद्घ नहुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा