बसको ठक्करबाट दाङका दुई पत्रकार घाईते

२७ फाल्गुन २०७०, मंगलवार १६:२७ मा प्रकाशित

दाङ, २७ फागुन । सल्यान जिल्लास्थित कपुरकोटको ओरालोमा रोकी राखेको मोटर साइकललाई बसले ठक्कर दिँदा दाङका दुई पत्रकार घाईते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भीर छ ।
राप्ती राजमार्ग अन्तर्गत कपुरकोटको ओरालोमा आज (मंगलबार) मध्यान्ह बसले मोटर साइकललाई ठक्कर दिँदा नेपाल प्रेस युनियन दाङ शाखाका सभापति सुशील बस्नेत र राप्ती अञ्चल सदस्य शुरेस श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । बसलाई साईड दिन उनीहरुले मोटर साइकल रोकेका थिए ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाको अधिवेशनमा सहभागी हुन् रा १ प ४७६७ नम्बरको मोटर साइकलबाट पत्रकारद्धय बस्नेत र श्रेष्ठ खलंगा तर्फ जाँदै थिए । उनीहरु सवार मोटर साइकललाई ना ३ ख २७८२ नम्बरको बसले कपुरकोटको ओरालोमा ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाईते बस्नेतको खुट्टा भाँच्चिएको छ । बस्नेत रेडियो तुल्सीपुरका समाचार सम्पादक पनि हुन् ।
राप्ती अञ्चल सदस्य श्रेष्ठको दायाँ हातमा चोट लागेको छ । बस्नेत र श्रेष्ठको राप्ती अञ्चल अस्पतालमा सामान्य उपचार गरिएको थियो ।
गम्भीर अवस्थाका बस्नेतलाई काठमाडौं र श्रेष्ठलाई नेपालगञ्ज थप उपचारका लागि पठाइएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न