आजभोलि नै संविधानको खाका आउँदैछ

१३ बैशाख २०६९, बुधबार १७:५६ मा प्रकाशित

राजेन्द्र महतो, नेता मधेशी मोर्चा
० कुन कुन विषयमा सहमति भयो ?
– सहमति गर्ने प्रयास भइरहेको छ । आजभोलिमै संविधानको खाका तयार हुन्छ ।
० विवादित पाँचवटै मुद्दामा सहमति हुन्छ ?
– सबै मुद्दामा सहमति नबनी कसरी संविधान बन्छ ?
० शासकीय स्वरुपमा कसरी सहमति गर्दै हुनुहुन्छ ?
– यो विषयमा सबैको आआप्mनै मूल्य मान्यता र अडान छ । यसो हुनु स्वभाविकै हो । सबै आआप्mनै मूल्य मान्यतामा अडि राख्ने हो भने संविधान बन्दैबन्दैन । त्यसैले सम्झौता गर्नुपर्छ ।
० सम्झौताको बटमलाइन के हो ?
– बीचको एउटा बाटो निकाल्ने कुरा भइरहेको छ ।
० बीचको बाटो भनेको ?
– राष्ट्रपतिको कुरा जोडतोडल उठेको छ । संसदीय प्रणाली हुनुपर्छ भन्ने कुरा पनि उठेको छ । यो दुईवटाको बीचको बाटो निकाल्ने प्रयास हामीले गरिरहेका छौं । राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन पनि होस्, राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा अधिकार बाँडफाँड गरौं । राष्ट्रपति निरंकुश नहुने केही प्रावधान रार्खौं । अर्को निरंकुशता पैदा हुन्छ भन्ने कुराको आशंका गरिएको छ ।
० राष्ट्रपति प्रत्यक्ष निर्वाचन गराउने प्रकृयामा अघि बढ्दै हुनुहुन्छ ?
– जनताबाट राष्ट्रपति र प्रधानमन्त्री संसदबाट गर्ने । अधिकार बाँडफाँड हुन्छ, राष्ट्रपति प्रणाली हुँदैन । राष्ट्रपतिको अधिकार संविधानमै लेखेको हुन्छ । निरंकुशता पैदा गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन ।
० कतिवटा प्रदेश बनाउने सहमति गर्नुभयो ?
– यो विषयमा सहमति भइसकेको छैन । छलफल जारी छ । यो मुलुक सानो छ, संघीयता नयाँ हो हाम्रा लागि । त्यसकारण संघीयता सफल होस, मुलुकले थेग्न सकोस् । त्यसकारण यो मुलुकमा थोरै प्रदेश नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता हो । यो मान्यतामा विवाद देखिएको छ ।
० माओवादीले १४ संघ चाहिन्छ भनेको छ नि ?
– १४ चाहिन्छ भन्ने पनि छन्, ७ चाहिन्छ भन्ने पनि छन् । हामीलाई त तीनवटा दिए पनि हुन्छ । हिमाली, पहाडी र तराई प्रदेश दियो भने पनि हुन्छ । यो तीनवटै प्रदेशमा पहिचानसहितका उपप्रदेश वा स्वयत्त प्रदेश दिए हुन्थ्यो । कम बनाउने, जातीय नबनाउने, कतै धेरै बनाउने पनि भन्छन् । अन्ततः हामीले बीचको बाटो निकाल्नुपर्छ । मेरो विचारमा ८–१० को बीचमा कुरा मिल्छ कि ।
० एक मधेश प्रदेशको माग ?
– मधेशले यो देशका लागि योगदान गर्न खोजेको हो । यो देशमा अनावश्यक धेरै प्रदेश चाहिदैन । मधेशमा एउटा प्रदेश भए पुगिहाल्छ । तर यहाँ पूर्वाग्रहले ग्रसित भएर हाम्रो विरोध गरियो ।
० तराईमा तीनवटा प्रदेश बन्ने भयो होइन ?
– होइन, हाम्रो मान्यता एउटा प्रदेश बन्नुपर्छ भन्ने हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको