असहयोग गर्ने हामीले भनेकै छैनौं : नेविसंघ

२७ फाल्गुन २०७०, मंगलवार १४:५९ मा प्रकाशित


काठमाडौं, २७ फागुन । नेपाल विद्यार्थी संघले आफूसँग जोडिएर आएका कतिपय समाचार र टिप्पणीहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्णले आज (मंगलबार) विज्ञप्ति जारी गरेर संगठनको नाम जोडिएर आएका समाचार र सामाजिक सञ्जालका टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले नेविसंघ र आफ्ना बिरुद्ध समाचार र समाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।
माग पुरा गराउन शान्तिपूर्ण आन्दोलन गर्दै आएको स्मरण गराएका उनले मानव अधिकार, विधि र कानून शासनमा प्रतिबद्ध रहेको जनाए । उनले हतियारसहित पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्तालाई निष्पक्ष छानविनका लागि संगठनको सहयोग रहने बताएका छन् ।
अध्यक्ष कर्णले बन्द, हड्ताल लगायतका कार्यक्रम गर्ने संगठनको कुनै नीति नभएको पनि बताएका छन् ।
हतियारसहित पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गरेर नेविसंघले राजधानीमा प्रदर्शन गरे पछि चौतर्फी बिरोध भएको थियो । त्यस लगत्तै नेविसंघले आज विज्ञप्ति जारी गरेर आफ्ना समाचार प्रकाशित हुँदा सत्यतथ्य बुझेर मात्रै सम्प्रेशण गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,