ट्याक्टर दुर्घटनामा दुईको मृत्यु\एक घाईते

२७ फाल्गुन २०७०, मंगलवार १२:४० मा प्रकाशित

बागलुङ, २७ फागुन । बागलुङको हटियामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक घाईते भएका छन् ।

हटिया–७, खरुवाबाट हटिया बजारमा आज (मंगलबार) काठ लिएर जाँदै गरेको ग १ च ३०२८ नम्बरको ट्याक्टर हटियाको फारखेत घुम्टीमा दुर्घटना हुँदा हटिया–१ का चालक बलबहादुर विक र सहयोगी हटिया ६ का जितबहादुर परियारको ज्यान गएको हो ।

दुर्घटनामा परी हटिया–१ का विकल परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईते विकको चरक अस्पताल पोखरामा उपचार भैरहेको छ । फारखेतको घुम्टी मोडने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न