दाङमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

२७ फाल्गुन २०७०, मंगलवार १२:०६ मा प्रकाशित


दाङ, २७ फागुन । दाङमा जीप दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर छ ।
तुलसीपुर अमेलिया सडकखण्डको फूलबारी–१, भञ्झाङ भन्ने स्थानमा सोमबार राति करीव साढे एघार बजे बा ११ च ११०८ नम्बरको महेन्द्रा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमबहादुर सिंहले जानकारी दिए । जीप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर फूलबारी–६ का ३० वर्षीय मधु योगी, सोही गाविसका २२ वर्षीय प्रवीण खड्का, २२ वर्षीय पूर्ण ओली, १८ वर्षीय शंकर चौधरी, २० वर्षीय खर्क डाँगी, २० वर्षीय गणेश केसी र ३५ वर्षीय रविन गिरीको मृत्यु भएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । उनीहरुको कोलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । (तस्वीर सौजन्य शरद रेग्मी)

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा