अस्ट्रेलियाका तिन नेपाली रेस्टुरेन्ट फेयरफ्याक्सको उत्कृष्ट सूचीमा

२७ फाल्गुन २०७०, मंगलवार ०९:२० मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी । बिश्वकै महंगो शहरका रुपमा चिनिएको अस्ट्रेलियाको सिडनी शहरमा सुपथ मुल्यमा उत्कृष्ट भोजन पाइने रेस्टुरेन्टको सुचिमा तिन नेपाली रेस्टुरेन्टले बाजि मारेका छन । बर्षेनी रेस्टुरेन्टको अनुगमन र त्यसको मुल्यसुची अनि उत्कृष्टता मापन गर्ने संस्था फेयरफ्याक्सको पछिल्लो सर्वेक्षणमा सिडनी शहरका तिन नेपाली रेस्टुरेन्ट हिमालयन चारग्रील,गोर्खा प्यालेस र मुस्ताड. उत्कृष्ट भित्र सुचिकृत भएका हुन ।
सिडनीका हजारौ रेस्टुरेन्टबिचको प्रतिस्पर्धामा अब्बल सावित भएका यी तिनै रेस्टुरेन्टको खानाको गुणस्तर, ग्राहकको सेवा र मुल्यसुची उपयुक्त भएको ठहर फेयरफ्याक्सले गरेको हो । उत्कृष्टता भित्र सुचिकृत रेस्टुरेन्टलाई समेटेर हरेक बर्ष यो संस्थाले फुड गाइड समेत प्रकाशित गर्ने गरेको छ । ३० डलर भन्दा कम मुल्य भित्र पनि मिस्ठान्न भोजन गर्न सकिने यी रेस्टुरेन्टको बिेशषताका कारण नेपाली भन्दा बिदेशीहरुको भिड थामिनसक्नु हुन्छ ।
यो हाम्रो लागि मात्र सबै नेपाली समुदयाको लागि एउटा खुसीको बिषय हो , हिमालयन चारग्रीलका संचालक योगी पुडासैनीले बताए । नेपाली स्वाद र रेस्टुरेन्टले यो सम्मान पाउनु भनेको नेपाल र नेपालीको सम्मान पनि हो ,बौद्ध जोरपाटी स्थायी घर भएका योगीले सुनाए । सिडनीको प्रतिस्पर्धात्मक र आधुनिक बजारमा यसरी तिन वटा नेपाली रेस्टुरेन्टले स्तरियताको कसीमा अब्बल दाजिनु आफैमा गर्वीलो बिषय हो । यसले नेपाली समुदायको बिश्वनियता र इमानदारितालाई पनि अस्ट्रेलियन समुदायमा प्रतिविम्ब गर्छ ,योगीले जोशीलो मुद्रामा ब्यवशायप्रतीको निष्ठा उजागर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार