अपहरण गरेर हत्या गरेको अरोपमा महोत्तरीको एक पुर्व गाविस सचिव पक्राउ

१३ बैशाख २०६९, बुधबार १७:४९ मा प्रकाशित

महोत्तरी, १३ बैशाख । महोत्तरीको सुन्दरपुर –२ का २७ वर्षिय किसान संजय साहलाई अपहरण गरी हत्या गरेको अरोपमा गौशाला प्रहरीले एक जना पुर्व गाविस सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरपुर –१ का ५८ वर्षीया नवल किशोर साह भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक जयनारायण यादवले बताउनुभयो । अनुसन्धानकै क्रममा ४ जनालाई पक्राउ गरि छाडिएको प्रहरीले जनाएको छ । यसैबीच घटना बारे छानविनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी नायव उपरीक्षक कुशलपूरुष ढकालको संयोजकत्वमा ३ सदस्यि छानविन टोलि गठन गरेको छ । अज्ञात समूहले साहलाई भारत विहारको सितामढी जिल्ला वेला थाना अन्तर्गत पर्ने भगवतिपुरमा छाति र पिठयुमा दुई राउण्ड गोलि हानी आईतबार विहान हत्या गरेको थियो । ५÷६ जनाको संख्यामा आएका हतियारधारि समूहले वैशाख १ गते राति सुन्दरपुर –१ स्थित खेतमा थ्रेसरमा गेहु कुटाई घर फर्किदै गरेका किसान साहलाई बाटो बाटै अपहरण गरि लगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।