तिब्बती शरणार्थी शिविर उच्च निगरानीमा

२७ फाल्गुन २०७०, मंगलवार ०६:३९ मा प्रकाशित

काठमाडौं, २७ फागुन । काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीहरू बस्दै आएका सबै शिविर निगरानीमा परेका छन् । नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायले तिब्बती शरणार्थी शिविरलाई निगरानीमा राखेका हुन् । भारतस्थित धर्मशालाबाट नेपाल आएका तिब्बती नागरिकहरूको खोजीमा रहेको प्रहरी टोलीले सम्भावित सबै स्थानमा उच्च निगरानी बढाएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी गणेश केसीले शरणार्थीहरूलाई नेपालमा प्रदर्शन गर्ने अधिकार नभएको जनाउँदै निगरानीमा राखेको बताएका छन् ।
मार्च १० पछाडिका केही दिन खतरा हुन सक्ने भन्दै प्रहरीले पोखरा र काठमाडौंका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । सोमबार मात्रै राजधानीका विभिन्न स्थानबाट चीनविरोधी गतिविधि गरेको अभियोगमा नौजना तिब्बती शरणार्थी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार स्वयम्भूबाट पाँच र हात्तीसारस्थित चिनियाँ भिसा काउन्सिलर कार्यालय अगाडिबाट चारजना पक्राउ परेका हुन् । पक्राउ पर्ने तिब्बती शरणार्थीमा जिक्नेत लामा, सुजिल लामा, तन्जिम पल्मा, पदमा डोल्मा, सोनाम टाछी, सोनाम छोदुङ, कल्साङ पोल्डोन निङमा रहेका छन् । सोमबार चीनले तिब्बतलाई आफ्नो अधीनमा लिएको ५५ वर्ष पूरा भएको छ । प्रहरीले चीनविरोधी गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको छ । काठमाडौंमा रहेका १३ ओटा शरणार्थी शिविरलाई निगरानीमा  राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार