सेयरका सबै सूचक ओरालो

२७ फाल्गुन २०७०, मंगलवार ०५:५२ मा प्रकाशित

काठमाडौं, २७ फागुन । सेयर बजार ओरालो लाग्ने क्रम साताको दोस्रो दिन सोमबार पनि जारी रह्यो । सोमबार कारोबार भएका सम्पूर्ण उपसूचक ओरालो लागेपछि नेप्सेमा २ दशमलव ९३ अंकले कमी आई ७ सय ९३ दशमलव ५७ अंकमा आइपुगेको छ । कारोबार भएका समूहमध्ये टेलिकमको कारोबार हुने अन्य समूहको उपसूचक ५ दशमलव ८७ अंक, विकास बैंक समूह २ दशमलव ६५ अंक, जलविद्युत् समूह २ दशमलव ६५ अंक, बैंकिङ समूह २ दशमलव ४६ अंक तथा वित्त समूह ३ दशमलव ८७
अंकले घट्यो ।
कारोबार सुरु हुँदाबाटै ओरालो लाग्दै गएको सेयर बजार दिउँसो १ बजेर ८ मिनेट जाँदासम्म करिब १० अंकले ओरालो लागेको थियो तर पछि क्रमशः सम्हालिँदै ७ सय ९३ दशमलव ५७ बिन्दुमा आएर रोकियो ।
यस दिन प्रतिशतका आधारमा कन्काई विकास बैंक, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, जेनिथ फाइनान्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक तथा इन्टरनेसनल डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । त्यसैगरी, काँक्रेबिहार विकास बैंक, नारायणी नेसनल फाइनान्स, कास्की फाइनान्स, सिन्धु विकास बैंक तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिशतका हिसाबमा उकालो लाग्यो ।
यस दिन कुल १ सय १५ कम्पनीका ७ लाख २३ हजार ९ सय ७५ कित्ता सेयर २ हजार ५ सय ३७ पटक कारोबार हुँदा कुल ३० करोड ५४ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भयो ।
जलविद्युत् समूहतर्फ अरूण भ्याली हाइड्रो पावर कम्पनीको सेयर मूल्य ११ रूपैयाँले घटेर अन्तिम मूल्य ४ सय ३९ कायम भयो भने चिलिमे हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । सानिमा माई हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा १ रुपैयाँले कमी आएको छ । यस दिन नेसनल हाइड्रो पावर कम्पनीको भने कुनै
कारोबार भएन ।
लाइफ इन्स्योरेन्स कम्पनीको ८० रूपैयाँले घटेर २ हजार ४ सय ५० रुपैयाँमा कारोबार भयो भने नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा ५८ रुपैयाँले वृद्धि भई २ हजार २ सय ६९ रुपैयाँ कायम भयो । नेपाल लाइफ इन्स्योरेन्सको मूल्यमा ३३ रुपैयाँ, शिखर इन्स्योरेन्सको सेयर मूल्यमा २९ रुपैयाँ र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा ११ रुपैयाँले कमी आयो । नागरिक लगानी कोषको सेयर मूल्य १ सय ३१ रुपैयाँले घटेर ३ हजार ३ सय ३१ रुपैयाँ कायम भएको यस दिन एभरेस्ट बैंकको मूल्य १५ रुपैयाँले घट्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ