भ्रष्टाचार गर्न मन्त्रालयको भागबण्डा : अध्यक्ष थापा

२६ फाल्गुन २०७०, सोमबार १७:४० मा प्रकाशित


बैतडी, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाले दोस्रो संविधानसभाका ठूला तीन दलहरुले भ्रष्टाचार गर्न मन्त्रालयको भागबण्डा गरेको आरोप लगाएका छन् ।
बैतडीमा आज (सोमबार) आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस, एमाले र एमाओवादीले मन्त्रालयको भागबण्डा गरी कर्मचारीको मिलेमत्तोमा अरबौं भ्रष्टाचार गरीरहेको आरोप लगाएका हुन् ।
उनले कर्मचारीहरुसँगै मिलेर भ्रष्टाचर गर्ने उदेश्यले स्थानीय निकायको चुनाव पनि तत्काल गर्न नचाहेको बताए ।
उनले केही दिन अघि मात्रै प्रधानमन्त्री सुशील कोइरालाले दिएको अभिब्यक्तिको पनि बिरोध गरे । उनले प्रधानमन्त्रीको अभिब्यक्तिले महाकाली अञ्चल र देशलाई नै मर्माहत तुल्याएको बताए ।
उनले प्रमुख दलहरुमा समर्पणवादकोे मानसिकता छाएको आरोप लगाए ।
अध्यक्ष थापाले नेपाल सनातन हिन्दू राष्ट्र हुनु पर्ने माग गरे । उनले दलहरुले हिन्दू राज्य माथि आक्रमण गरेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले