संविधानसभा भवन अगाडि अनसन

१३ बैशाख २०६९, बुधबार १७:४७ मा प्रकाशित

कठमाडौ, १३ बैशाख । आदिवासी जनजातिका अधिकार समावेश गरेर नयाँ संविधान ल्याउनुपर्ने माग गर्दै जनजाति नेताहरूले आजदेखि अनसन थालेका छन् । थरुहट आन्दोलनका लक्ष्मण थारु, खम्बुवान आन्दोलनका इन्द्रहाङ लिम्बु, ताम्सालिङ आन्दोलनका डिके तामाङआबद्ध सङ्घीय समाजवादी आन्दोलनको तत्वावधानमा नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि ऐतिहासिक पहिचानका आधारमा लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थरुहट, मगरात, खसान र मिथिला स्वायत्त राज्यसहितको सङ्घीय संविधान जारी गर्नुपर्नेलगायतका २४ सूत्रीय माग राख्दै उनीहरूले अनसन सुरु गरेका हुन् । सङ्घीय समाजवादी आन्दोलनका संयोजक सञ्जुहाङ पालुङ्वाले अनसन आजदेखि शुक्रबारसम्म बस्ने जानकारी दिँदै आफ्नै स्वतन्त्र पहिचान र भूगोलसहित ऐतिहासिक बहुलराष्ट्रियताहरू सङ्घीय राज्यभित्र नयाँ स्वशासित र स्वायत्त राजनीतिक एकाई (राज्यहरू) को रूपमा ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे