ज्यान मारेको अभियोगमा ३७ जना पक्राउ

२६ फाल्गुन २०७०, सोमबार २०:३० मा प्रकाशित


खोटाङ, २६ फागुन । ज्यान मारेको अभियोगमा खोटाङको पाथेका गाविसका ३७ जना पक्राउ परेका छन् ।
पाथेका–४ का १८ वर्षीय एलिस भनिने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरीलगायत ३७ जना पक्राउ परेका हुन् ।
राईले स्थानीयवासीलाई दुःख दिएको भन्दै हातखुट्टा भाँचेर प्रहरीलाई बुझाउने निर्णय गरी शुक्रबार कुटपिट गरेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए ।
‘पटक–पटक दुःख दिइरहने भएकाले एलिसको अत्याचार खेप्न नसकेर कुटपिट गर्दा मृत्यु भएको अनसन्धानबाट देखिएको छ,’ उनले भने ।
साहका अनुसार कुटपिट गर्ने सबैलाई पक्राउ गरिएको छ । यसमध्ये तीन महिला रहेका छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी