सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुने

२६ फाल्गुन २०७०, सोमबार १५:३४ मा प्रकाशित


काठमाडौं, २६ फागुन । सरकारले आफ्ना काम कारबाहीलाई चुस्त र प्रभावकारी रुपमा अघि बढाउन न्यूनतम् साझा सहमति सहितको कार्यक्रम भोलि (मंगलबार) ल्याउने तयारी गरेको छ ।
सिंहदरबारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । उनले भोलि मंगलबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए ।
‘सरकार बनेका यतिका दिन भइसकेको छ,’ उनले भने, ‘काम चाँडै सम्पादन गर्न सरकारको न्यूनतम् साझा सहमतिको कार्यक्रम सकेसम्म भोलिसम्म सार्वजनिक हुने तयारी हुँदैछ ।’
प्रधानमन्त्री सुशील कोइरालाले सय दिनभित्र हरेक मन्त्रालयले के कस्ता काम पूरा गर्न सकिन्छ त्यसबारेमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन निर्देशन दिएका छन् ।
‘सरकारी सुविधालाई प्रभावकारी रुपमा प्रदान गर्ने, प्रशासनिक काम कारबाहीमा भएका ढिलासुस्ती अन्त गर्ने, विकास आयोजनामा खर्च हुन नसकेको र ढिलो भएको कामलाई समयमा नै अघि बढाउने र संसदमा प्रस्तुत हुने विधेयक पनि अलमलमा नपरुन भनेर प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’ मन्त्री रिजालले भने ।
प्रधानमन्त्री कोइरालाले वैदेशिक सहायताजस्ता विषयमा काम गर्दा पनि भ्रमणजस्ता कुरामा फजुल खर्च हुन नहुने भन्दै सरकारको जानकारीभन्दा बाहिरबाट जाने पुरानो प्रचलनलाई ध्यानमा राखेर त्यसलाई निरुत्साहित गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ