भारतमा दुई सल्यानीको मृत्यु

१३ बैशाख २०६९, बुधबार १७:१२ मा प्रकाशित

काठमाडौ, १३ बैशाख । भारतमा भएको मोटरसाईकल दुर्घटनामा हिजो दुई नेपालीहरुको मृत्यु भएको छ । मजदुरीको सिलसिलामा भारतको अहमदाबाद पुगेका उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान बामे गाविस वडा नं ४ डाँडागाउँका भोलाप्रसाद शर्मा र सोही गाविस वडा नं ३ का तजबहादुर बुढा रहेका छन् । उनीहरुसँगै रहेका अरू दुई तुल्सीराम बुढा र ज्ञानबहादुर बढा पनि घाइते भएको आफन्तहरुले जानकारी दिएका छन् । मृतकहरुको शव भारतमा नै अन्त्येष्टी गरिने स्थानिय दिवाकर शर्माले जानकारी दिनुभयो । चारजना एउटै मोटरसाईकलमा चढेको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस