रितिकसंग जोडिएको निशानी सुजैनले हटाइन्

२६ फाल्गुन २०७०, सोमबार १३:५१ मा प्रकाशित


मुम्बई : रितिक रोशनकी पूर्व पत्नी सुजैन खानले आफ्नो पाखुरामा रहेको टाटू परिवर्तन गरेकी छन् । टाटू हटान नसकिए पछि सुजैनले त्यसलाई परिवर्तन गरेर अलग किसिमको बनाएकी छन् ।
रितिकसंगको बैवाहिक सम्बन्ध तोडिए पछि सुजैनले पुराना यादहरु भूलाउन पाखुराको टाटू परिवर्तन गरेको समाचारमा उल्लेख छ । टाटू रितिक र सुजैनले एकै किसिमको बनाएका थिए ।
टाटूले रितिकसंगको सम्बन्ध झल्काउने भए पछि सुजैनले टाटूलाई परिवर्तन गरेको निकटका साथीहरुले बताएका छन् ।
रितिक र सुजैनका परिवारहरु छुट्टिएको यो जोडीलाई मिलाउने तयारीमा जुटिरहेको छ । यद्यपि सुजैन भने रितिकसंगको सबै संस्मरणहरु भूलाउन चाहेको टाटू परिवर्तनले देखाएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।
झण्डै एक बर्ष अघि आन्तरिक बिवादका कारण रितिक र सुजैनबीच पारपाचुके भएको थियो । उनीहरुका बच्चा पनि छन् ।
रितिक र सुजैनको बिछोड हुनुमा बलिउड नायक अर्जुन रामपालको भूमिका रहेको आरोप पनि लाग्ने गरेको छ । सुजैन र अर्जुन रामपालबीच सम्बन्ध रहेको टिकाटिप्पणी हुने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया