चित्त नबुझे पछि तब्ब फिल्म खेल्न मानिन्

२६ फाल्गुन २०७०, सोमबार १३:४९ मा प्रकाशित


मुम्बई : नायिका तब्बुले बलिउड फिल्म ‘दिल धड्कने दो’मा खेल्न अस्वीकार गरेकी छन् । ‘दिल धड्कने दो’ जोया अख्तरले निर्माण गर्न लागेको फिल्म हो ।
जोयाले फिल्ममा खेल्नका लागि स्वयं तब्बुसंग प्रस्ताव पनि गरेकी थिइन् । तर तब्बुले फिल्म खेल्न सिधै अस्वीकार गरेको समाचारमा उल्लेख छ ।
जोयाले निर्माण गर्न थालेको फिल्म ‘दिल धड्कने दो’ पंजाबको एक परिवारको कथामा आधारित छ । यस फिल्ममा रणवीर सिंह र प्रियंका चोपडा पहिला देखिनै अनुबन्धित छन् ।
तब्बुलाई आफ्नो फिल्ममा खेलाउन जोया चाहेकी थिइन् । यद्यपि तब्बुले फिल्म खेल्न नमाने पछि जोया निरास भएकी छन् । तब्बु कुनै समयकी राम्री नायिका हुन् । उनको अभिनयको प्रशंसा पनि हुन गर्छ ।
यद्यपि, तब्बु लामो समय देखि बलिउड फिल्ममा देखिएकी छैनन् । व्यक्तिगत र पारिवारिक कारणले तब्बु फिल्ममा नदेखिएको समचारमा जनाईएको छ ।
तर तब्ब छिट्टै फिल्म खेल्ने तयारीमा जुटेको जनाईएको छ । तब्बु मनोज बाजपेयीसंग फिल्ममा देखिने छिन् । फिल्म पनि यसै महिना देखि शूटिङ गरिने जनाईएको छ ।
तब्बुले फिल्म खेल्न अस्वीकार गरे पछि श्रीदेवी र माधुरी दीक्षितलाई प्रस्ताव गर्ने तयारी भएको समाचारमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो

बलिउड अभिनेत्री तापसी पन्नु र निर्माता अनुराग कश्यपको घर र कार्यालयमा आयकर विभागले छापा मारेको छ । फिल्म निर्माता कम्पनी

मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड