…… मन मिले फरक पर्दैन : सूजना

२६ फाल्गुन २०७०, सोमबार १३:५२ मा प्रकाशित


– सूजना ढकाल, मोडल


काठमाडौं । पछिल्लो समय यूवतीहरुमा मोडलिङ गर्ने रुचि राख्ने धेरै भेटिन्छन् । प्राय: सबैलाई सोध्दा मोडलिङ गर्ने रुचि भएको बताउंछन् ।
त्यस्तै मध्यमा एक पर्छिन् तोपगाछी–६, झापा स्थायी घर भई हाल बालुवाटार काठमाडौंमा बस्ने १७ बर्षीय सूजना ढकाल । १२ कक्षामा अध्ययन गरिरहेकी ढकालले एसएलसी पास भएपछि मोडलिङमा पाइला टेकेकी हुन् ।
कलाकारिता क्षेत्रमा नम्रता श्रेष्ठ र रेखा थापा थापाको अभिनयबाट प्रभावित भई प्रवेश गरेको उनले बताइन् । ‘नम्रता र रेखाको अभिनय मलाई खुब मन पर्छ,’ उनले भनिन्, ‘उहांहरुको अभिनय प्रेरणाले नै मलाई कला क्षेत्रमा आउन सहयोग गरेको छ ।’ रेखा र नम्रताको अभिनयबाट प्रभावित सूजनाले अहिले सम्म उनीहरुसंग भेट गर्ने मौका भने पाएकी छैनन् । सूजना भन्छिन्, ‘ म उहांहरुको अभिनयबाट प्रभावित भएकी हुं । भेट गर्नै पर्छ भन्ने छैन । कुनै समय उहांहरुसाग भेट होला ।’
बाबुआमा र घर परिवारबाट पनि उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको छ । हुन त कतिपय परिवारले आफ्ना छोरा छोरीलाई कला क्षेत्रमा प्रवेश गरेको रुचाउंदैनन् । यद्यपि सूजनालाई त्यो छुट छ । उनलाई परिवारको भरपूर सहयोग छ रे ।
करीव दुई बर्षको मोडलिङ यात्रामा उनले दुई दर्जन बढि गीतमा मोडलिङ गरिसकेकी छन् । उनले केहि विज्ञापनमा अभिनय गर्न भ्याई सकेको समेत बताइन् । ‘कला क्षेत्रमा लगभग सबैमा अभिनयको अनुभव गरेकी छुं,’ सूजनाले भनिन् ।
गायक दीपक लिम्वुको ‘उपहार के दिउ खै…’, रजीना रिमालको ‘किन आउथ्यो याद तिम्रो…..’, आकांक्षा बस्यालको ‘तिमीले त जे गरेपनि…..’, अजय अधिकारी सुशीलको ‘आउं जलाउ दीप मिलनको…..’, अन्जु पन्तको ‘गरिवीको भारमा परि….’लगायतका म्यूजिक भिडियो सूजनाले मोडलिङ गरिसकेकी छन् । उनका ति म्यूजिक भिडियोले राम्रै चर्चा पनि पाएका छन् ।
उनले पञ्चकन्या ग्रुपको पानीको ट्याङ्की तथा सावुनको विज्ञापनमा पनि उनले आफ्नो प्रस्तुति देखाई सकेकी छन् ।
मान्छेका इच्छा र चाहना असीमित हुन्छन, त्यस्तै भएको छ सूजनालाई । उनले अब मोडलिङबाट फड्को मारेर चलचित्रमा अभिनय गर्ने सोाचमा छिन् । तर कुन चलचित्र हो भन्नेबारेमा भने उनले बताइनन् । १२ कक्षाको परीक्षा सकेर चलचित्रमा छिर्ने योजना रहेको सूजनाको भनाई छ ।
नाम कमाउने इच्छाका साथै उनी चलचित्रमा अभिनय गर्न लागेकी हुन् । तर उनलाई चलचित्रमा अभिनय गर्न मन खुब मन पर्छ । म्यूजिक भिडियोका निर्देशक र चलचित्रका निर्देशकलाई ठीन दुरीमा राखेर उनले काम गर्ने बताउंछिन् । सबै क्षेत्र राम्रो भए पनि कलाकारिताको क्षेत्र बद्नाम हो की भन्ने उनको पनि बुझाई छ । यद्यपि उनले आफू दृढ भएर लाग्ने हो भने नराम्रा आक्षेपहरु लाग्न नसक्ने बताइन् । उनले आफू बद्नामबाट बच्ने दाबी गरेकी छन् ।
चलचित्रमा नायिका भएर अभिनय गर्ने मन रहेको सूजनाले बताइन् । उनी एक्सन कटमा मात्रै सीमित हुने पक्षमा छैनन् । उनले राम्रो अभिनय गरेर समाजमा चिनिने पक्षमा छिन् ।

प्राय: फूर्सदमा हुादा नेपाली च्यानल र गीतका भिडियो हेर्ने सूजनाले आफ्नो रुचि नेपालीमा रहेको बताइन् । तर, हिन्दी र अंग्रेजी च्यानल पनि हेर्ने उनले बताउान छुटाइनन् ।

कथाले मागे अनुरुपको अभिनय गर्न उनलाई डर लाग्दैन । ‘कथाले मागे जस्तो पनि गर्न सक्छु कुनै डर छैन । डराउने भए यो पेशा अंगाल्नु किन ?,’ उनले भनिन् ।
तर, अहिलेसम्म सूजनाको प्रेम जालमा फसेकी छैनन् रे । ब्वाय फ्रेण्ड पनि छैन रे सूजनाको । तर लभको अफर भने प्रशस्त मात्रामा आउंछ रे उनलाई । पढाई र पेशामा पोख्त भएपछि मात्र विहेको बारेमा सोंच्ने उनले बताइन् । उमेर पनि नभएकाले त्यसको बारेमा नसोाचेको उनको भनाई छ ।
सेक्स प्राकृतिक देन भएकाले मन मिलेमा कुनै फरक नपर्ने सूजनाको भनाई छ । ‘प्राकृतिक देन हो । मन मिले सेक्स गर्दा हुन्छ । अझसम्म मन मिलेको छैन् । भएको पनि छैन्,’ सूचनाको भनाई छ ।
विबाह गर्दा आफूलाई बुझ्ने केटा भए राम्रो हुने बताउाने सूजनाले बाबु आमाले छानेको केटासंग विहे गर्ने योजनामा रहेको सुनाइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार