दोलखामा दुई तिहाइ सडक आयोजना कटौती

२६ फाल्गुन २०७०, सोमबार १२:५६ मा प्रकाशित

– सञ्जीवकुमार दाहाल

दोलखा, २५ फागुन । दोलखाको २० औं जिल्ला परिषदले दुई तिहाइ सडक कटौती गरेको छ । तर्जुमा गरिएको योजनाहरुमध्ये अघिल्लो वर्षको तुलनामा २ तिहाइभन्दा बढी योजना ग्रामीण सडक कटौती गरी अत्यावश्यक प्राथमिकताका आधारमा योजना छनौट गरेको परेका छन् ।

अघिल्लो वर्ष जम्मा १ सय ७७ योजनामध्ये १ सय ८ वटा ग्रामीण सडकमा लगानी गरे पनि अहिले त्यसको एक तिहाइ मात्र प्राथमिकतामा परेका छन् । यस पटक योजनाहरु खानेपानी, लघु जलविद्युत, सिँचाइ, झोलुङगे पुल र लक्षित वर्गसम्बन्धी योजनाहरु रहेका छन् ।

कृषि, सिपमूलक कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिएको स्थानीय विकास अधिकारी टुवराज पोखरेलले २० औं जिल्ला परिषदमा जानकारी दिए ।

परिषद्ले आर्थिक वर्ष २०७१\७२ का लागि झण्डै २ अर्बको बजेट प्रस्ताव गरेको छ । आइतबार जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी टुवराज पोखरेलले नीति तथा कार्यक्रमका साथै १ अर्ब ८४ करोड १४ लाखको प्रस्तावित बजेट पेश गरेका छन् ।

पोखरेलले पूँजीगत तर्फ १ अर्ब ३७ करोड ६५ लाख र चालु तर्फ ४६ करोड ४८ लाख प्रस्ताव गरेका छन् ।

स्थानीय निकायतर्फको ३८ करोड ३१ लाख, विषयगत कार्यालयहरुको १ अर्ब ३६ लाख, गैरसरकारी संस्थाहरुको ९ करोड ४५ लाख खर्च हुने अनुमान गरको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार