ऐतिहासिकस्थल कपिलवस्तुलाई राजधानी बनाउने पहल सुरु

१३ बैशाख २०६९, बुधबार १७:०९ मा प्रकाशित

कपिलवस्तु, १३ बैशाख । एतिहासिक स्थल कपिलवस्तुलाई राजधानी बनाउने पहल सुरु भएको छ । कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा विश्वलाई चिनाउन गौतमबुद्धको जन्मस्थल कपिलवस्तुलाई अघि सार्नु पर्नेमा जोड दिएका छन् । मधेस मानव अधिकार गृहको सहयोगमा रिपोर्टस क्लब कपिलवस्तुले आयोजनामा भएको कपिलवस्तु राजधानी संभावन र चुनौति बिषयक सर्बपक्षिय संवाद कार्यक्रममा राजनीतिक दल तथा संचारकर्मीहरुले कपिलवस्तु राजधानी नै सबैको आकर्षण हुनु पर्नेमा जोड दिएका थिए । बिभिन्न राज्याको अवधारण आए पनि कपिलवस्तु विश्वले चिनेको एक धरोरहर भएकोले कपिलवस्तुलाई राजधानी बनाउन पहल गर्ने कानुन तथा न्याय मन्त्री बृजेश कुमार गुप्ताले बताउनुभयो । उहाँले ढिलै भए पनि गौतमबुद्धको जन्मस्थलसँग जोडिएर आएको कारण यो कपिलवस्तु राजधानी महत्वपुर्ण हुनेमा बताउनुुभयो । कपिलवस्तुलाई राजधानी बनाउने बिषयमा पहिले नै संबिधान सभामा कुरा उठि सकेको बताउँदै खासै गाह्रो नहुनेमा जोड दिनु भएको
थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल