थप जटिल बन्दै प्रमाणीकरण विवाद

२६ फाल्गुन २०७०, सोमबार ०६:४७ मा प्रकाशित

काठमाडौं, २६ फागुन । संविधानसभाबाट जारी हुने संविधानलाई राष्ट्रपति र सभाध्यक्षमध्ये कसले प्रमाणीकरण गर्ने भन्ने विवाद थप जटिल बनेको छ । पछिल्लो पटक १० दिनका लागि थप भएको नियमावली मस्यौदा समितिको म्याद सकिन एक दिन मात्रै बाँकी रहँदासमेत दलहरूब आ–आङ्खनै अडानमा रहेपछि जटिल बनेको हो ।

सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सार्वजनिक समारोहमै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान प्रमाणीकरण गर्न नपाउने भन्दै आक्रोश पोखेपछि एमालेले अघिल्लो संविधानसभाले टुंगो लगाइसकेको विषयमा थप छलफल नै नहुने अडान राखेको छ । सोही कारण आइतबार बसेको मस्यौदा समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सहमतिका लागि कांग्रेस र एमालेबीचको वार्ता पनि निष्कर्षविहीन बनेको छ । ‘हामीले विवाद झिकेको होइन, विगत संविधानसभाले नै टुंगो लगाइसकेको विषयमा बखेडा गर्न जरुरी छैन, छलफलमा पनि केही सहमति भएको छैन, सोमबार पुनः छलफल हुन्छ,’ बैठकपछि एमाले नेता भीम रावलले भने ।

कांग्रेसले संविधानसभाबाट पारित संविधानको मस्यौदालाई राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने अडान राखेको छ । एमालेले भने संविधानसभा अध्यक्षले नै प्रमाणीकरण गर्ने अडान लिएको छ ।

सहमतिका लागि आइतबार मस्यौदा समितिको बैठक स्थगित गरी कांग्रेस–एमालेबीच छुट्टै छलफल भएको थियो । समितिका सचिव रवि शर्मा अर्यालका अनुसार सहमति हुन नसकेपछि सोमबार नयाँ ढंगबाट छलफल गर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

दुवै दलको अडानका कारण प्रमाणीकरण विवादमा विकल्प खोज्ने वा मतदानबाट टुंगो लगाउने भन्ने विषयमा समेत छलफल सुरु भएको छ । दोस्रो पटक थप गरिएको मस्यौदा समितिको म्यादको अवधि सोमबार सकिँदै छ ।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले २९ फागुनभित्र जसरी पनि नियमावली दिने बताइसकेका छन् । सहमति नभएको अवस्थामा मतदानबाट टुंगो लगाउने उनको तयारी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार