संविधान प्रमाणीकरण विवादमा मलाई नतान्नोस् : राष्ट्रपति

२६ फाल्गुन २०७०, सोमबार ०६:४३ मा प्रकाशित

काठमाडौं, २६ फागुन । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट निर्माण हुने संविधानको प्रमाणीकरणको विवादमा आपूmलाई नतान्न सुझाव दिएका छन् । प्रधानमन्त्री सुशील कोइरालासँग आइतबार भएको भेटमा राष्ट्रपति यादवले सो आग्रह गरेका हुन् । 

प्रमुख दलहरूबीच संविधानसभाबाट बन्ने नयाँ संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्ने कि संविधानसभा अध्यक्षले गर्ने भन्ने विषयमा चर्काे मतभेद देखिएको छ ।
सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्ने अडानमा रहेको छ भने एमाले संविधानसभा अध्यक्षले नै प्रमाणीकरण गर्ने संविधानसभा नियमावलीलाई यथावत् राख्ने अडानमा छ । सत्ता साझेदार दलहरूबीच नै चर्काे मतभेद देखिएपछि राष्ट्रपतिले प्रमाणीकरण विवादमा आपूलाई नतान्न औपचारिक आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार अपराह्न शीतलनिवास पुगी राष्ट्रपति यादवसँग भेटवार्ता गरेका थिए । सो अवसरमा यादवले संविधानको प्रमाणीकरण राष्ट्रपति वा संविधानसभा अध्यक्ष कसले गर्ने भन्ने विवादलाई बाहिर नल्याउनसमेत आग्रह गरेका छन् । राष्ट्रपति यादवले सत्ता साझेदार प्रमुख दल कांग्रेस र एमालेले अन्य दललाई विश्वासमा लिएर भए पनि प्रमाणीकरणको विवादलाई अन्त्य गर्न आग्रह पनि गरेका छन् । उनले प्रमाणीकरणको विवादलाई लम्ब्याउँदा राष्ट्राध्यक्षको मर्यादालाई सम्मान नगर्ने भन्दै सहमतिको विकल्प नभएकोमा जोड दिएका छन् ।
‘संविधान प्रमाणीकरणको विवादमा मलाई नतान्नोस्, तपाईंहरू सहमति गरेर उचित निर्णयमा पुग्नोस्, यो विवाद बढाएर कसैलाई फाइदा छैन,’ प्रधानमन्त्री कोइरालासँग राष्ट्रपतिको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो । राष्ट्रपति यादवले संविधानसभाको सबैभन्दा ठूलो र सरकारको नेतृत्व गरेको दल भएको नाताले सहमतिको नेतृत्व गर्नसमेत आग्रह गरेका थिए । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीको म्यानमार भ्रमणका क्रममा भएका भेटवार्ता र स्थानीय निकायको निर्वाचनको विषयमा समेत कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलको प्रयास भए जेठ मसान्तभित्रै स्थानीय निकायको निर्वाचन सम्भव भएको जानकारी दिएका थिए । संविधानसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनुपर्ने भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले माग गरिरहेका बेला प्रधानमन्त्री कोइरालाले आइतबार राष्ट्रपति निवासमा सञ्चारकर्मीसँग यस्तो खुलासा गरेका हुन् । बिमस्टेक सम्मेलनमा भाग लिएर एक सातापछि स्वदेश फर्किंका प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई जानकारी दिएर फर्कने क्रममा सबैको प्रयास भए जेठभित्रै निर्वाचन गर्न सकिने खुलासा गरेका हुन् ।
‘संविधानसभा निर्वाचनमा भाग लिएका अधिकांश दलहरूले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनी गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ’, प्रधानमन्त्री कोइरालाले भने, ‘सबै दलको प्रयास भए जेठ मसान्तभित्रै स्थानीय निकायको निर्वाचन सम्भव छ ।’ उनले जेठ मसान्तपछि मौसमले समेत साथ नदिने संकेत गर्दै त्यसपछि भने वर्षाले बाधा पु-याउने बताए ।
कोइरालाले भने, ‘संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलबीच सहमति भए मात्र जेठमा स्थानीय निकाय निर्वाचन सम्भव छ, नत्र हुन्न ।’ उनले राष्ट्रपति यादव एक वर्षभित्र संविधान जारी हुने विषयमा चिन्तित रहेको जानकारी पनि दिए ।
प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट निर्माण हुने संविधानको प्रमाणीकरणका सम्बन्धमा सत्तारूढ दलबीच नै देखिएको विवादलाई मात्र नउचाल्न सञ्चाकर्मीसँग आग्रह पनि गरे । ‘किन विवादका मात्र कुरा उठाउनुहुन्छ ?, समाधानको उपाय पनि दिनुस्, यस्तो विवादले पत्रकारलाई पनि कल्याण गर्दैन,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री कोइरालाले यस विषयमा आइतबार नै एमाले अध्यक्ष झलनाथ खनालसँग छलफल गरेका छन् । खनालसँग भेट गर्नुअघि प्रधानमन्त्री कोइरालाले राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर जबरासँग भेट गरेका थिए । भेटमा राणाले १३ सभासद् रहेको आङ्खनो दललाई पाँच सभासद् भएको नेकपा मालेसरहको हैसियतमा एउटा मात्र मन्त्रालय अस्वीकार्य भएको बताएका छन् । कोइरालाले भने एकभन्दा बढी मन्त्रालय राप्रपालाई दिन नसकिने अडान राखेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार