नेपालभित्रै चल्दैन नेपाली पैसा र भाषा

२६ फाल्गुन २०७०, सोमबार ०६:३४ मा प्रकाशित

बर्दिया, २६ फागुन । भौगोलक सीमाअनुसार महजिदिया गाउँ बर्दिया जिल्ला गुलरिया नगरपालिकाभित्रै पर्छ । तर, यहाँ बस्नेहरूको रहनसहन र क्रियाकलाप हेर्दा लाग्छ यो नेपाली भूमि नभई भारतीय भूमि हो । बस्तीमा कुनै नयाँ मान्छे पुग्यो भने नेपाल हो कि भारत झट्ट छुट्ट्याउन सक्दैन । 

भूमि नेपालकै भए पनि यहाँका बासिन्दा दैनिक जीवनचर्याका लागि पूर्णरूपमा भारतमै निर्भर छन् । यति मात्रै होइन, यहाँका बासिन्दा नेपाली भाषा बुझ्दैनन् र त्यहाँ नेपाली पैसासमेत चल्दैन ।
महजिदिया गाउँ नेपालकै हो भनेर चिन्नका लागि गाउँको एउटा कुनामा रहेको बाँके–बर्दिया बाढी सूचना कार्यक्रमको बोर्डको सहारा लिनुपर्ने हुन्छ । कति गाउँवासी त आपूm भारतमा छु या नेपाली भूमिमा, हेक्का नै पाउँदैनन् ।
जिल्ला सदरमुकाम गुलरिया नगरपालिका–१३ मा पर्ने यो गाउँ नगरपालिकाभित्रै भए पनि भौगोलिक विकटताले सदरमुकामसँग सीधा सम्पर्क छैन । पश्चिम, दक्षिण र उत्तरमा बबई नदीले घेरेको महजिदिया गाउँको पूर्वतर्फ भारतीय सीमावर्ती गाउँ लौकाही र थपवा पर्छ । सदरमुकामनजिकै रहेको यो बस्तीमा ६० घर छन् । दैनिक आर्थिक क्रियाकलाप, लेनदेन सबै भारतीय रुपैयाँमै हुन्छ । बस्तीमा विद्यालय छैन । पढ्ने उमेरका केटाकेटी भारतीय स्कुलमा जान बाध्य छन् ।
यहाँका बासिन्दालाई सदरमुकाम आउन भन्दा भारततर्फ जान सजिलो पर्छ । बबई नदीमा पुल र डुंगाको समेत व्यवस्था नभएकाले चाहेर पनि सदरमुकाम आउन सक्दैनन् । जसले गर्दा उनीहरूले दैनिक क्रियाकलाप भारतीय सीमावर्ती बजारबाट गर्ने गर्छन् । अत्यावश्यक सरकारी कामकाजबाहेक शिक्षा, स्वास्थ्य उपचार, ज्याला मजदुरी, व्यापार, सञ्चारलगायतका दैनिक जीविका चलाउन भारतमै निर्भर हुनुपर्ने बाध्यता छ ।
सरकारले नेपाली नागरिकलाई दिनुपर्ने सामान्य सेवासुविधा पनि नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सरकारले निरक्षरता उन्मूलन अभियान चलाइरहेकै बेला महजिदिया गाउँमा विद्यालय नै छैन । ४ सयभन्दा बढी जनसंख्या भएको सो गाउँका अधिकांश विद्यालय जाने उमेरका बालबालिका धूलोमैलोमा खेलेर दिन बिताउने गर्दछन् भने केही बालबालिका भारतको सीमावर्ती विद्यालयमा पढ्न जाने गर्दछन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य रुघाखोकी लागे पनि भारततर्फ दौडनुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् ।
नगरपालिका भए पनि यहाँ शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, सडकको विकास हुन सकेको छैन । त्यसैले यहाँ राज्यका तर्फबाट चरम लापरबाही भएको देखिन्छ ।
नेपाली नागरिक भए पनि राज्यले बेवास्ता गरेको गंगा टोल विकास संस्थाका अध्यक्ष जयपान मल्लाहले बताए । ‘नेपाली हौं भन्ने मात्र छ, सबै भारतमै निर्भर हुनुपरेको छ,’ उनले गुनासो सुनाउँदै भने, ‘हामी पटक–पटक बस्तीको समस्या लिएर नगरपालिका धायौं । तर कसैले वास्तै गरेन ।’
गुलरिया नपरपालिकाभित्रको सबैभन्दा विकट मानिने यो गाउँको बारेमा गुलरिया नगरपालिकाका कार्यकारी अधिकृतसमेत अनभिज्ञ छन् । नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले आपू भर्खर जिल्लामा आएकाले सो गाउँका बारेमा पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘समस्या बुझ्छु, अनि त्यहाँको पूर्वाधार विकासलाई कार्यक्रममा समेट्नेछु ।’ यहाँका बासिन्दाहरू गाईभैंसी पाल्ने, ज्याला मजदुरी र अधियाँ जग्गा कमाएर जीविका चलाउँदै आएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार