सर्लाही, १३ बैशाख । सर्लाही भन्सार कार्यालयले लक्ष्य भन्दा दोब्बर भन्दा पनि बढी राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०६८÷६९ को चैत मसान्त सम्म आइपुग्दा लक्ष्य भन्दा २ सय ६० प्रतिशत राजश्व असुली गरेको हो । चैत मसान्त सम्मको लक्ष्य २ करोड ८६ लाख ५७ हजार राजश्व अशुली गर्ने रहेकोमा ७ करोड ४६ लाख ५५ हजार रुपैया
अशुली भैसकेको भन्सार कार्यालयका प्रमुख रामराज प्रसाद चौरसीयाले जानकारी दिनुभयो । सबैभन्दा बढी चैत महिनामा २३ लाख ६७ हजार असुलीको लक्ष्य रहेकोमा १ करोड २२ लाख ३८ हजार अर्थात ५ सय १५ प्रतिशत राजश्व असुली भएको
छ । चैत मसान्त सम्ममा बर्षिक असुली लक्ष्यको १ सय ८० प्रतिशत राजश्व अशुली भैसकेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु
पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से