म्याग्दीको मुख्य पर्यटकीय स्थल घोडेपानीमा विदेशी पर्यटकहरुको चहलपहल बढ्दो

१३ बैशाख २०६९, बुधबार १७:०७ मा प्रकाशित

म्याग्दी, १३ बैशाख । विश्वको उत्कृष्ट १० गन्तव्य भित्र पर्ने अन्नपुर्ण पदयात्रामार्ग अन्र्तगत पर्ने म्याग्दीको पर्यटकीय घोडेपानीमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । २१ दिने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९ औं दिनको सुन्दर गन्तव्य मानिन्छ । सुन्दर घोडेपानीको बसाईपछि अधिकांस पर्यटक हिमाली जिल्ला मुस्ताङतर्फसमेत जाने गरेका छन् । बसन्त ऋतुको सुरुवातसँगै घार गाविस अन्तरगत पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकहरुको आगमन हुन थालेपछि होटलहरु खचाखच भरिएको घोडेपानी होटल व्यवसायि समितिले जनाएको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन हेर्न सकिन्छ ।
घोडेपानीको पुनहिलमा शिषेश गरी वेल्जियम, इटली, जर्मन, ईजरायललगायतका मुलुकका पर्यटहरु बढी छन् । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४७ घरधुरी रहेकोमा प्राय सबैले नै पर्यटन ब्यवसाय गरि बसेका छन् । चार दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटलहरुमा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से