संविधानको प्रमाणीकरण राष्ट्रपतिबाट हुन्छ : ढुङ्गाना

२५ फाल्गुन २०७०, आईतवार १६:०० मा प्रकाशित

काठमाडौं, २५ फागुन । प्रमुख राजनीतिक दलका नेताहरुले राष्ट्रपतिले नैं नयाँ संविधान प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । उनीहरुले केही विषयमा बिवाद भए पनि सहमतिबाट टुङ्गो लगाईने बताए ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले राष्ट्रपतिले प्रमाणीकरण गर्ने गरी संविधानसभा नियमावली निर्माण गरिने बताए ।
‘संविधानमा उल्लेख भएबमोजिम नैं संविधानसभा नियमावली निर्माण हुन्छ’, नेता ढुंगानाले भने, ‘संविधानसभाबाट निर्माण हुने संविधानलाई राष्ट्रपतिले प्रमाणीकरण गर्ने बिषयमा एमाले सहमत भएरै छाड्छ ।’
उनले संविधानसभा भित्र एनजीओ मुखी ‘ककस’लाई स्थान नहुने बताए । ‘ककस’ले अन्तर्राष्ट्रिय समुदायका गलत कुरालाई संविधानसभामा प्रवेश गराउने उनले बताए ।
एमाले नेता भीम रावलले राष्ट्रपतिले संविधान जारी गर्ने विषयमा आफूहरुको विमति नभएको बताए । उनले प्रमाणीकरण कस्ले गर्ने भन्ने बारेमा एमाले र कांग्रेसका बीच विवाद रहेको भन्दै बिवाद लम्बाउन नहुने बताए ।
‘अब त्यो बिवाद पनि टुंगिन्छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान जारी हुनुअघि सभासद र संविधानसभा अध्यक्षले हस्तक्षर गर्ने, सभा अध्यक्षले प्रमाणीत गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधान जारी गर्ने सहमति भएको छ ।’
उनले संविधानसभामा ‘ककस’ आवश्यक नभएको बताए । जातीय कुरा उठाउने ‘ककस’लाई मान्यता दिन नहुने उनको भनाई छ ।
एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले सर्वपक्षीय वा गोलमेच सम्मेलन गरेर भएपनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधान प्रकृयामा ल्याउनु पर्ने बताए ।
‘वैद्यजीहरु पनि संविधान निर्माण प्रकृयामा सहभागी हुन लचिलो भइसक्नुभएको छ,’ उनले भने, ‘अब उहाँहरुलाई पनि समेटेर संविधान लेखनतिर मुख्य ध्यान केन्द्रित गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सुनिलकुमार थापाले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताए । ‘प्रधानमन्त्रीसँग सहमति भइसकेको छ,’ उनले भने, ‘राप्रपा यसैसाता सरकारमा सहभागी हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा