पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाई माग

२५ फाल्गुन २०७०, आईतवार १५:१७ मा प्रकाशित

काठमाडौं, २५ फागुन । नेपाल विद्यार्थी संघले हतियारसहित पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गरेको छ ।
संघका अध्यक्ष रञ्जीत कर्णले आज (आइतबार) राजधानीमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाई माग गरेका हुन् ।
प्रहरीले फागुन–१९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, विद्यार्थी नेताहरु राकेशविक्रम शाही, लीलाबहादुर खड्का र जोन खड्कालाई पक्राउ गरेको थियो । नेविसंघले आफ्ना नेताहरुलाई विनाकारण पक्राउ गरेको आरोप लगाएको छ ।
बिनाकारण प्रहरीले पक्राउ गरेका उनीहरुको तत्काल रिहाई नगरिए आन्दोलन गर्ने अध्यक्ष कर्णले चेतावनी दिए । कर्णले प्रहरीले गैरकानूनी काम गरेर स्वयं गण्डागर्दी गरेको आरोप लगाए ।
अध्यक्ष कर्णले सरकारबाट अनुमति प्राप्त हतियारलाई गैरकानूनी भनी प्रहरीले गरेको व्याख्याको बिरोध गरेका छन् । अनुमति प्राप्त हतियार नेपाली नागरिकले बोक्न पाउने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न