प्याव्सन अध्यक्षमा केसी निर्वाचित

२५ फाल्गुन २०७०, आईतवार १२:२४ मा प्रकाशित

काठमाडौं, २५ फागुन । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को अध्यक्षमा लक्ष्यबहादुर केसी निर्वाचित भएका छन् ।
केसीले आफ्ना प्रतिद्धन्द्धी टी.आर. ढकाललाई पराजित गरेका हुन् । काठमाडौंको डिल्लीबजारस्थित सूर्योदय इंगलिस् बोर्डिङ स्कुलका प्रिन्सिपल केसी अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।
प्याव्सनको बाह्रौ राष्ट्रिय महाधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार बेलुका सम्पन्न मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्धी टी.आर. ढकालले २ सय ४३ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डी.के. ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ निर्विरोध भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको