स्व. अधिकारीको आदर्श अवलम्बन गर्न जरुरी रहेका एमाले अध्यक्ष खनालको भनाइ

१३ बैशाख २०६९, बुधबार १७:०७ मा प्रकाशित

काठमाडौ, १३ बैशाख । पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १३ औँ वार्षिक पुण्य तिथिका दिन आज राजधानीमा एमाले कार्यक्रम गरेको छ । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्व अधिकारीले नेपाली राजनीतिको विकासमा
पु¥याउनुभएको योगदानको स्मरण एवम् चर्चा गरिएको थियो । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले स्व अधिकारीले सरल जीवन र उच्च आदर्शका साथ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो समय सक्रिय रही देश र जनतालाई अग्रगति प्रदान
गर्न योगदान गर्नुभएको स्मरण गर्दै उहाँको आदर्शलाई अहिलेका नेतृत्वले अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले उहाँको निष्कलङ्क छवी र सम्पूर्ण जीवन राष्ट्रलाई समर्पण गर्ने उहाँको विचार र व्यवहार सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका निर्देशक गोविन्द गजुरेलले उहाँको सच्चरित्र निष्ठाले वाम प्रजातान्त्रिक आन्दोलनलाई सशक्तरुपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुको
सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव