सम्मेलनको थप रणनीति बनाउने जिम्मा संगठन विभागलाई

२५ फाल्गुन २०७०, आईतवार ०७:१० मा प्रकाशित

काठमाडौं, २५ मंसिर । एकीकृत नेकपा माओवादीले जिल्ला संयोजकहरूबाट आएका सुझावहरूलाई समेटेर पार्टी विधान र त्यसको नियमावली बनाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा दुई दिनसम्म चलेको कार्यशालामा संयोजकहरूले दिएको सुझावलाई समेटेर केन्द्रीय संगठन विभागले विधान तथा नियमावली बनाउने भएको हो ।

जिल्ला संयोजकहरूले संगठन विभागलाई विधान तथा नियमावली तत्काल बनाई जिल्ला पठाउन सुझाव दिएका छन् । कार्यशालामा आएका सुझावलाई समेटेर संगठन विभागले विधान तथा नियमावली तयार पारी पार्टी हेडक्वार्टरलाई सिफारिस गर्ने र हेडक्वार्टरले अन्तिम निर्णय गरेपछि जिल्ला पठाउने कार्यक्रम तय गरिएको छ ।

एमाओवादी संगठन विभागका सदस्य महेन्द्र पासवानले सकेसम्म छिटो संयोजकहरूले दिएको सुझावलाई समेटेर विधान तथा नियमावली बनाएर जिल्ला पठाइने जानकारी दिए । ‘हामीले दुई दिनसम्म संयोजकहरूसँग घनिभूत छलफल गरेर सुझाव लिएका छौं, त्यसलाई समेटेर अब विधान तथा नियमावली बनाएर आउँदो १० दिनभित्र पार्टी हेडक्वार्टरसँगको सल्लाहमा जिल्लामा विधान र नियमावली पठाउने छौं,’ पासवानले भने ।

कार्यशालामा शनिबार बोल्ने नेताहरूले निर्धारित मितिमै संगठनात्मक सम्मेलन सम्पन्न गर्ने गरी जान जोड दिएका थिए । शुक्रबारको बैठकमा पूर्वी पहाडी जिल्लाका जिल्ला संयोजकहरूले समयावधिभित्रै सम्मेलन गर्न सम्भव हुँदैन कि भनी राखेको जिज्ञासामा शनिबार बोल्ने नेताहरूले भने सम्मेलन सार्दा नराम्रो सन्देश जाने हुँदा जसरी पनि निर्धारित मितिमै सम्मेलन गर्नुपर्नेमा जोड दिएका थिए ।

एमाओवादीले राष्ट्रिय संगठनात्मक सम्मेलन १८ वैशाखबाट सुरु गर्ने यसअघि नै निर्णय गरेको छ । सम्मेलनको तयारीका लागि उसले फागुन मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्न भने पनि कतिपय क्षेत्रमा समय अपुग भएको प्रश्न उठेपछि बढीमा १५ दिन थपेर सदस्यता नवीकरण गर्न सकिने जनाएको छ ।

‘आवश्यकता परेमा बढीमा १५ दिन नबढाई राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलनलाई तलमाथि नहुने गरी सदस्यता नवीकरणको समयावधि बढाउन सकिने निर्देशन संगठन विभागले दिएको छ,’ ओखलढुंगाका संयोजक बाबुराम गौतमले जानकारी दिए ।

शनिबारको बैठकमा पार्टी सम्मेलनहरूलाई व्यवस्थित बनाउन बनेको कार्यविधिका विषयमा विश्वभक्त दुलाल, विधानका विषयमा लीलामणि पोखरेल, नियमावलीका विषयमा वर्षमान पुन र संयोजकहरूले उठाएका जिज्ञासाहरूको विषयमा विभाग प्रमुख पोष्टबहादुर बोगटीले जवाफ दिएका दिए ।

एमाओवादीले सम्मेलन सम्पन्न गर्न तयार पारेको कार्यविधिमा राष्ट्रिय सम्मेलनमा बढीमा १ हजार १ सय प्रतिनिधि चयन गर्ने, जिल्ला सम्मेलनका प्रतिनिधि ५ सयमा नबढाई गाविसलाई पनि चार श्रेणीमा वर्गीकरण गरी प्रतिनिधि चयन गर्ने, पार्टीको तल्ला सेल कमिटी, नगर वडा कमिटी र गाउँ कमिटीमा एक तिहाइ महिलाको सहभागितालाई अनिवार्य गराउने जस्ता विधि तय गरेको छ ।

पर्टीका तल्ला कमिटीमा आउन महिलालाई योग्यता नपुगेका खण्डमा तत्काललाई ३३ प्रतिशत स्थान रिक्त राखी पछि पदपूर्ति गर्ने, अन्य ६७ प्रतिशतका सवालमा पनि कार्यसमिति निर्माण गर्दा तीन भागमा एक भाग महिलाको सहभागिता गराउनुपर्ने कुरालाई अनिवार्य बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार