ओबामा र मर्केलको रसियामाथि दबाब

२५ फाल्गुन २०७०, आईतवार ०७:०३ मा प्रकाशित

एएफपी


वासिंगटन, २५ फागुन । मेरिकी राष्ट्रपति बाराक ओबामाले जर्मन चान्सलर एंगेला मर्केललाई टेलिफोन गरी युरोपेली महासंघ तथा अमेरिकाबीच रसियाले युक्रेनमा गरेको हस्तक्षेपको विषयमा भएको मतैक्यताप्रति प्रशंसा गरेका छन् ।

राष्ट्रपति ओबामा तथा जर्मन चान्सलर मर्केलबीच रसियाले युक्रेनबाट आङ्खनो सेना फिर्ता लैजानुपर्ने, क्राइमियामा अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा मानव अधिकार अनुगमनकर्ताहरू तैनाथ गर्नुपर्ने तथा मे महिनामा त्यहाँ राष्ट्रपति पदको स्वतन्त्र निर्वाचन हुनुपर्ने कुरामा सहमति भएको भनी ह्वाइट हाउसले एक विज्ञप्तिमा जनाएको छ ।

उनीहरूले रसियाले तत्कालै सम्पर्क समूह गठन गरी युक्रेनसँग वार्ता गर्नुपर्ने र तनाव कम गरी युक्रेनको क्षेत्रीय अखण्डता पुनःस्थापना गर्नुपर्ने विषयमा छलफल गरेको बताइएको छ । उनीहरूले रसियाले युक्रेनमा सैनिक हस्तक्षेप गरी स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको कुरा दोहो¥याएको बताइएको छ । क्राइमियामा हस्तक्षेप गरेको भनी पश्चिमी मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

यसबीच मस्कोमा रसियाली विदेशमन्त्री सेर्गेइ लाभ्रोभले अमेरिकी समकक्षी जोन केरीलाई युक्रेनका विषयमा वासिंगटनले मस्कोमाथि हतारमा प्रतिबन्ध लगाउने कुराको विरोधमा चेतावनी दिएका छन् ।

दुई विदेशमन्त्रीबीच टेलिफोनमा वार्ता भएको र यसअघि उनीहरूबीच पेरिस तथा रोममा वार्ता भएको तर युक्रेनको परिस्थितिका सम्बन्धमा सहमतिमा पुग्न नसकिएको बताइएको छ ।

उनीहरूबीच सो समस्या समाधान गर्न निरन्तर प्रयास हुने सहमति भएको बताइएको छ । सो कुरा रसियाली विदेश मन्त्रालयले आङ्खनो वेबसाइटमा उल्लेख गरेको हो । रसियाली विदेशमन्त्री लाभ्रोभले अमेरिकाले हतार तथा नसोचीकन लिएको पाइलाले दुई मुलुकबीच सम्बन्धलाई प्रभावित बनाउने र यसले अमेरिकाविरुद्ध नै नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको बताइएको छ ।

यसबीच, मस्कोले युक्रेनमा अति आवश्यक ग्याँस आपूर्ति बन्द गर्ने चेतावनी दिएपछि त्यहाँ रसिया समर्थकहरूले प्रदर्शन गर्ने भएका छन् । यसले रुसको पश्चिमी मुलुकसँगको सम्बन्ध अझै तनावपूर्ण बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३