सहारा सेमिफाइनलमा

२५ फाल्गुन २०७०, आईतवार ०६:५९ मा प्रकाशित

पोखरा, २५ फागुन । साविक उपविजेता सहारा क्लब पोखराले १२औं आहा रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा सहाराले सशस्त्र प्रहरी बल (एपीएफ) को टिमलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सहारालाई अन्तिम चारमा पु-याउन विदेशी खेलाडी भेक्टोरले खेलको ७९औं मिनेटमा निर्णायक गोल गरे । म्यान अफ दी म्याचसमेत घोषित उनले रिवाउन्ड बल सदुपयोग गरी विपक्षी गोलपोस्टको जाली चुमाउन सफल भएका हुन् ।

७८ मिनेटसम्म गोलरहित बराबरीको खेलमा गोल हुुनु केही मिनेटअघि अशिमजंग कार्कीले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो ।
त्यस्तै, सहाराले प्रहार गरेको बल एफीएफका कप्तान गणेश लावतीले गोल लाइनको नजिकैबाट उत्कृष्ट बचाउ गरी क्लियर गरेका थिए । खेलमा एपीएफले पाएका केही राम्रा अवसर गुमाउन पुग्दा अघिल्लो यात्रा टुंग्याएको हो ।

विजयी सहारा क्लबले आगामी २९ फागुनमा सिम्रिक सरस्वती युथ क्लब र एनएमबी मच्छिन्द्र क्लबबीचको विजेतासँग पहिलो सेमिफाइनल खेल्ने आयोजक सहारा क्लबले जनाएको छ ।

पहिलो खेल भएकाले टिम राम्रोसँग सेट नभए पनि जित आफ्नो पक्षमा परेको भन्दै प्रशिक्षक किरण श्रेष्ठले खुसी व्यक्त गरे । उनले खेलाडीले जति रूपमा खेल्नुपर्ने हो त्यति नखेलेको प्रतिक्रिया दिए । ११औं आहा रारा गोल्डकपमा थ्री–स्टारसँग फाइनलमा पराजित भएको आयोजक सहारा यसपालि उपाधि भित्राउनले योजनामा छ ।

उता, एपीएफका प्रशिक्षक कृष्ण थापाले लिग खेलेका कारण थकित खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्नु स्वाभाविक भएको भन्दै शनिबारको प्रदर्शनलाई भने सन्तोषजनक लिए । उनले अब थकित खेलाडी लिएर तत्काल हुने कुनै पनि प्रतियोगिता नखेल्ने बताए । घरेलु टिमको समर्थन रहेको प्रतियोगितामा अघिल्ला दिनको तुलनामा दर्शक बढी थिए ।

एपीएफका लागि पहिलो हाफको सुरुआती मिनेटमा जाङबु शेर्पाले दिएको पासवल गणेश लावतीले पोस्टचार्ज गर्दा क्रसबारबाट बाहिरिएको थियो । ६६औं मिनेटमा हेमन्त गुरुङको फ्री–किकलाई विष्णु केसीले हेड गर्दा क्रसबारमा लागेर फर्किएको थियो भने खेलको उत्तरार्धतिर सहराका लागि भिक्टोरले करिब २० यार्ड टाढाबाट गरेको सशक्त प्रहार पनि एपीएफका अमृत चौधरीले पन्च गरी बचाएका थिए ।

आइतबार हुने दोस्रो क्वार्टरफाइनलमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । पुलिसले सीधै बाई पाएको हो भने धरानले उद्घाटन खेलमा आर्मीलाई पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल १ चैतमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले