विवादित विषयमा सहमतिकोलागी थप दुई दिन समय मागिने

१३ बैशाख २०६९, बुधबार १७:०६ मा प्रकाशित

काठमाडौ, १३ बैशाख । संविधानका विवादित विषयमा टुंगो लगाउन संवैधानिक समितिको बैठकले २ दिनको समय थप गर्ने भएको छ । दलहरुको आग्रहबमोजिम समितिको आजको बैठकले समितिबाटै विवादको टुंगो लगाउन थप दुई दिनको समय माग्ने भएको हो । यसअघि थपिएको तीन दिने म्याद बुधबार सकिएको छ । संसदको कार्यब्यवस्था परामर्श समितिमा छलफल गरेर दुई समय थप गरिनेछ । संबैधानिक समितिको बैठकमा नेताहरुले सहमतिको नजिक पुगेको उल्लेख गरेर दुई दिनको समय थपेको हो । नेताहरुले निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्याप्रणालीमा सहमति भएको उल्लेख गरेपनि राज्य पुनर्संरचनामा छलफल गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप