कर छल्न विवरण लुकाउँदै ठूला व्यवसायी

२५ फाल्गुन २०७०, आईतवार ०६:४० मा प्रकाशित

काठमाडौं, २५ फागुन । राजधानीका ठूला व्यवसायीहरूले कर छल्नका लागि काठमाडौं महानगरपालिकालाई विवरणसमेत नबुझाउने गरेको तथ्य फेला परेको छ । बारम्बार घरजग्गा र व्यवसायको विवरण माग गर्दा पनि ठूला व्यवसायीहरूले महानगरपालिकालाई विवरण नबुझाउने गरेका हुन् ।

घरजग्गाको क्षेत्रफल र व्यवसायको विवरण हेरेर मात्र महानगरपालिकाले ठूला व्यवसायीको कर निर्धारण गर्न सक्छ । सोही कारण कर छल्नका लागि विवरण नबुझाउने गरेको निष्कर्षमा महानगरपालिका पुगेको छ ।

‘तर, ठूला व्यवसायीहरू विवरण नै बुझाउँदैनन्,’ काठमाडौं महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काङ्खलेले भने, ‘विवरण नहुँदा उनीहरूले तिर्नुपर्ने करको हिसाब नै निस्कँदैन ।’ यही कारण ठूला व्यवसायीबाट कर उठाउन नसकिएको काङ्खलेले बताए ।

कर तिर्नुपर्ने भएपछि बानेश्वर डिपार्टमेन्ट स्टोर, इन्द्रेणी कम्प्लेक्स, ताम्राकार हाउस, मुक्ति टावरलगायतले घरजग्गा र व्यवसायबारे विवरण नै बुझाएका छैनन् । उनीहरूलाई महानगरपालिकाले पटक–पटक ताकेता गरे पनि अटेर गरी बसेका छन् ।

‘भवन निर्माण गरी व्यवसाय सुरु गरेको चार–पाँच वर्ष बितिसक्दा पनि विवरण नबुझाउने ठूला व्यवसायीहरूको संख्या धेरै छ,’ काङ्खलेले भने, ‘त्यस्ता व्यवसायीहरूले नै वार्षिक करोडौं रुपैयाँ घरजग्गा र व्यवसाय कर छली गरिरहेका छन् ।’

राजस्व महाशाखाका अधिकृत भीम केसीका अनुसार १० हजार स्क्वायर फिट र सोभन्दा बढी क्षेत्रफलमा निर्माण भएका भवनले वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म घरजग्गा कर तिर्नुपर्छ । २५ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा व्यवसाय सञ्चालन गर्नेले वार्षिक कम्तीमा १० हजार रुपैयाँ व्यवसाय कर तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

काङ्खलेका अनुसार ठूला भवनको नक्सा महानगरपालिकाको नक्सा शाखामा हुने भए पनि कसको नाममा ? र कति क्षेत्रफल ? भन्ने यथार्थ पत्ता लाउन मुस्किल पर्छ । बाहिरबाट हेर्दा सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, होटल, बैंक भनेर चिन्ने भए पनि सो भवन कसको नाममा छ भन्ने कुरा थाहा नहुँदा घरजग्गा र बहाल कर उठाउन अप्ठ्यारो परेको काङ्खलेले बताए ।

‘उदाहरणका लागि ताम्राकार हाउस नामका बिल्डिङहरू छन् । तर, त्यो कसको नाममा छ भन्ने पत्ता लागेको छैन,’ उनले भने, ‘ताम्राकार हाउसको नाममा विवरण पठाऊ भनेर पत्राचार गर्दा कतैबाट कुनै विवरण आउँदैन ।’ उनका अनुसार ताम्राकार हाउसले हालसम्म कुनै विवरण पेस गरेको छैन । कतिले भने विवरण पठाउछौं भन्दै टार्ने काम गरिरहेको उनले बताए ।

महानगरपालिकाले आङ्खनो क्षेत्रमा १३ सय ३५ ठूला करदाता रहेको जनाएको छ । जसमा सपिङ कम्प्लेक्स, होटल, निजी विद्यालय, पाटी प्यालेस, निजी बैंकलगायत छन् । काङ्खलेले ६० प्रतिशत ठूला करतादाले महानगरलाई विवरण नबुझाउने र कर नतिर्ने गरेको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले