स्थायी शिक्षकका लागि अन्तर्वार्ता प्रक्रिया सुरु

२५ फाल्गुन २०७०, आईतवार ०६:१४ मा प्रकाशित

काठमाडौं, २५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै परीक्षार्थीको उत्तरपुस्तिका पुनर्योग गरेर मात्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिएलगत्तै शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको शिक्षक स्थायी पदका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढाएको छ । 

शिक्षक सेवा आयोगले एक साताभित्र अन्तर्वार्ताको कार्यतालिका प्रकाशित गर्ने र चैत तेस्रो सातादेखि अन्तर्वार्तालाई अगाडि बढाउने तयारी गरिरहेको छ । अख्तियारको निर्देशनलगत्तै उत्तरपुस्तिकाको पुनर्योग गरिरहेको छ ।

अख्तियारले झन्डै दुई महिना लगाएर गरेको अनुसन्धानमा उत्तरपुस्तिका परीक्षणमा त्रुटि फेला परेको भन्दै पुनर्योग गरेर मात्र अन्तर्वार्ताको कार्यतालिका प्रकाशित गर्न निर्देशन दिएको थियो । शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालले अख्तियारको छानबिन कार्य सम्पन्न भएकाले उसले दिएको निर्देशनअनुसार अगाडि बढ्ने बताए । उनले माध्यमिक तहबाट अन्तर्वार्ता सुरु गरिने बताए ।

अख्तियारले शिक्षक सेवा आयोगको परीक्षा प्रणालीमा पुनर्योगको व्यवस्था नभएकाले आगामी दिनमा पुनर्योगको कानुनी व्यवस्था प्रवन्ध गर्नसमेत निर्देशन दिएको थियो ।

१७ वर्षपछि स्थायी पदका लागि शिक्षक सेवा आयोगले तीनै तहमा गरी १३ हजार ५९ का लागि विज्ञापन प्रकाशित गरेको थियो । तर, अख्तियारमा लिखित परीक्षामा आर्थिक अनियमितता भएको भन्दै दर्जनौं उजुरी परेपछि नतिजा प्रकाशन र मौखिक परीक्षा अनुसन्धानका लागि अवरुद्ध भएको थियो ।

आयोगले प्रकाशित गरेको काठमाडौंको निमावि तहको स्वास्थ्य, शारीरिक परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएपछि शिक्षकको लिखित परीक्षा विवादमा परेको थियो । आयोगले गत जेठ ९, १० र ११ गते माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकका लागि परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न