सहरमा अनुदानको सोलार वितरण

२५ फाल्गुन २०७०, आईतवार ०५:४७ मा प्रकाशित

काठमाडौं, २५ फागुन । सरकारले सहरी क्षेत्रका बासिन्दालाई अनुदानको सोलार ९सौर्य ऊर्जा० वितरण सुरु गरेको छ ।
आर्थिक वर्ष २०७०/०७१ को बजेटमा सहरी क्षेत्रमा समेत अनुदान दिने घोषणा गरेकामा शुक्रबारदेखि मात्र सोलार वितरण सुरु गरिएको हो । अनलाइनमार्फत सहरी अनुदानका लागि आवेदन दिएकामध्ये १५ जनाको आवेदनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले स्वीकृत गरेपछि सोलार वितरण सुरु भएको हो । अनुदानसहितको सोलार पाउनका लागि पहिलो स्वीकृति पाउनेमा चाबहिलका वसन्त ढकाल छन् । आएका आवेदनलाई क्रमशः स्वीकृत गरेर वितरण गरिने केन्द्रले जनाएको छ । ‘शुक्रबारदेखि अनुदानको सोलार वितरण सुरु गरेका छां, १५ जनालाई अनुदानका लागि स्वीकृति भएको छ, अब उनीहरूले सूचीकृत सोलार कम्पनीबाट तुरुन्तै सोलार खरिद गरेर लान पाउनेछन् ।’ केन्द्रका सोलार इनर्जी सव–कपोडेन्टका इन्जिनियर अविनाश वरूणले भने ।
सोलार खरिदका लागि केन्द्रले ४० कम्पनी सूचीकृत गरेको छ । केन्द्रले आवेदन स्वीकृत भएका आवेदकहरूलाई यसबारे जानकारी दिएपछि उनीहरूले सूचीकृत कम्पनीबाट उनीहरूले अनुदानको सोलार खरिद गर्न सक्नेछन् । सबै सूचीकृत कम्पनीको नाम डब्लु डब्लु डब्लु डट एईपीसी डट जीओभी डट कममा राखेको छ भने यही वेभसाइटमार्फत आवेदन दिन पाउने व्यवस्था पनि केन्द्रले गरेको छ ।
अति विकट क्षेत्रमा मात्र अनुदान दिँदै आएको सरकारले सहरी क्षेत्रमा दिने गरी बजेटमै यो आर्थिक वर्षभित्र २५ हजार घरधुरीमा सोलार वितरण गर्ने सरकारले लक्ष्य लिएको छ । सरकारले यो वर्ष काठमाडौं महानगरपालिकाका साथै लेखनाथ, जनकपुर, नेपालगन्ज, तानसेन, ललितपुर, पोखरा, कीर्तिपुर, भक्तपुर, विराटनगर, मध्यपुर ठिमी, बुटबल, धनगढी र धनकुटा नगरपालिका गरी १४ नगरपालिकामा मात्र अनुदानमा सोलार वितरण गर्ने निर्णय गरेको छ । सरकारले २५ हजारलाई सोलार दिने घोषणा गरे पनि आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहँदा १ सय २८ आवेदन मात्र परेको छ । जुन तुलनात्मक रूपमा धेरै कम हो । २१ माघमै सार्वजनिक सूचना जारी गरेर केन्द्रले सहरवासीलाई अनुदानसहितको सोलार जडानका लागि आह्वान गरेको थियो । १४ नगरपालिकाका बासिन्दालाई सोलारमा अनुदान दिनेबारे जनचेतना नपुग्दा सहभागिता न्यून देखिएको हो ।
आर्थिक वर्ष २०७०/०७१ को बजेट कार्यक्रममा सहरवासीलाई सोलारमा अनुदान दिने घोषणा गरे पनि गत मंसिरमा मात्र अनुदान कार्यविधि बनाएको थियो भने पुसमा मात्र कुनकुन सहरमा दिने रु भन्ने टुंग्याएको थियो । १०० वाटको सोलार राख्नका लागि ५० देखि ६० हजार रुपैयाँ लाग्ने भए पनि केन्द्रले १ सयदेखि २ सय वाटसम्मको प्रतिसोलार ५ हजार र २ सय वाटदेखि माथिको सोलारलाई ८ हजार रुपैयाँ दिने गरेको छ । जुन रकम तुलनात्मक रूपमा धेरै कम भएकाले सहरी अनुदान वृद्धि गर्नुपर्ने माग पनि सहरवासीको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

आजको प्रमुख समाचार