घर फोर्न जाँदा निदाएपछि…

२५ फाल्गुन २०७०, आईतवार ०५:४३ मा प्रकाशित

एजेन्सी


लन्डन, २५ फागुन । एकजना सुताहा बगलीमारा चोरी गर्न गएको घरमा नै मस्त निदाएपछि फसादमा परेका छन् । बेलायतमा एक चोरलाई घर फोरिसकेपछि आङ्खनै ओछ्याननजिकैको खाटमा सुतेको पाएपछि घरमालिकले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
२२ वर्षीय ती कुम्भकर्ण पश्चिम योर्कसायरको एक घरमा चोर्ने क्रममा यस्तो निद्रामा परेछन् कि पीडितले उनलाई बेडमा घुरिरहेको देखेपछि पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । आफूले चोरेको स्वीकार गरेपछि ती पुरुषलाई लिड्स क्राउन कोर्टले १८ महिनाको जेल सजाय तोकेको डेली एक्सप्रेसले जनाएको छ ।
फ्रान्की फलानिङगान नाम गरेका ती पुरुषले घरको झ्याल फोरी घरभित्र पसेर टेलिभिजन, ल्यापटप, एक्स बक्सलगायतका सामग्री चोरी एउटा टोकरीमा पोको पारेका थिए । तत्काल उनी भित्र पसी माथिल्लो तलाको एउटा बेडमा पुगी सुतेका थिए । भोलिपल्ट घरका सामग्री हराएको थाहा पाएपछि मालिकले सामान खोजी गर्ने क्रममा ती व्यक्ति मस्त निद्रामा रहेको अवस्थामा फेला पारेको सो समाचार संस्थालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

आजको प्रमुख समाचार