छत्तीस किलो चेरशसहित चार जना पक्राउ

२४ फाल्गुन २०७०, शनिबार १७:५१ मा प्रकाशित

बागलुङ, २४ फागुन । बागलुङ जिल्लामा छत्तीस किलो अवैध लागूऔषध चरेशसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा शुक्रबार राति बागलुङ नगरपालिका–३ गुठीबाट चार जना पक्राउ परेका हुन् । ग १ ज ४९६७ नम्बरको जीपमा सवार पाण्डवखानी–१ की २३ वर्षीया देवी श्रीस, सोही स्थानकी २८ वर्षीया माया श्रीस, ५० वर्षीया यमकुमारी श्रीस र रणसिंहकिटेनी–९ का २६ वर्षीय जीप चालक हिमाल घर्तीलाई चेरशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जीपमा लुकाइछिपाइ चरेश बाहिर लैजान खोजिरहेको बेला उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जीपमा सवार तीनै जनाले आफ्नो झोलामा चरेश लुकाएका ल्याएका थिए । चरेश ओसार्न प्रयोग गरिएको आरोपमा जीपचालक घर्तीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागुऔषधसहित पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
लागूऔषध नियन्त्रण ऐन २०५० अनुसार अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । चरेश ओसारपसारमा ठूलै गिरोहको संलग्नता रहेको बताउँदै गुरुङले प्रहरीले अनुसन्धानलाई सूक्ष्म र कडा ढङ्गले अघि बढाएको उल्लेख गरे ।
दश केजीभन्दा बढी परिमाणमा लागूऔषध ओसारपसार गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा