‘संविधान एमाओवादी र मधेसवादी दलको बखेडाले भएन’

२४ फाल्गुन २०७०, शनिबार २०:४२ मा प्रकाशित

जनकपुर, २४ फागुन । एमालेका नेता माधवकुमार नेपालले एमाओवादी र मधेसवादी दलको बखेडाका कारण समयमा संविधान निर्माण हुन नसकेको बताएका छन् ।
प्रेस चौतारी नेपाल धनुषाले आज (शनिबार) जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘उहाँहरूकै कारण पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेको हो ।’
एमाओवादी र मधेसवादी दलले बखेडा नगरेको खण्डमा तोकिएकै समयमा संविधान निर्माण हुने उनले दोहराए । ‘सरकारले संविधान निर्माण गर्ने सवालमा उहाँहरूलाई पनि सँगै लिएर जानुपर्दछ,’ उनले भने ।
संघीयता र शासकीय स्वरूप दुईवटा विषयको टुङ्गो लाग्छ भने अबको १० महिनाभित्र मुलुकमा नयाँ संविधान जारी हुने नेता नेपालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।