इण्डिगो एयरको विमानको पांग्रामा आगलागी

२४ फाल्गुन २०७०, शनिबार १३:४० मा प्रकाशित

काठमाडौं, २४ फागुन । भारतको राजधानी नयाँ दिल्लीका लागि उडान भरेको इण्डिगो एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाबाट बचेको छ ।
उडानका क्रममा विमानको पाङ्ग्रामा आगो लाग्दा सामान्य क्षति भएको स्रोतले जनाएको छ । आज (शनिबार) करीव पौने एक बजे इण्डिगो एयरवेजको एअरवस ३२० भीटी आइयु विमान उडानका क्रममा पाङ्ग्रामा आगो लागेर क्षति भएको हो ।
विमानमा सामान्य क्षति पुगेको स्रोतको भनाइ छ । विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।
चक्कामा लागेको आगो दमकल, नेपाली सेना र नेपाल प्रहरीले तत्कालै उद्दार गरेको विमानस्थलका एक कर्मचारीले जानकारी दिए । विमान १ सय ८० सिट क्षमताको छ ।
शुक्रबार मात्रै काठमाडौंबाट लामिडाँडाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान सय फिट माथि पुगेपछि इञ्जिनमा आगो लाग्दा आपतकालीन अवतरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।