तेल ब्यापारीसंग नाओमीको खासखुस

२४ फाल्गुन २०७०, शनिबार १३:२२ मा प्रकाशित

न्यू योर्क : हलिउडकी सुपर मोडल नाओमी कैम्पबेलको डेटिङ् र नयां ब्याइफ्रेण्डका बीच हुने गरेको खासखुस सम्बन्धले चर्चा पाइरहेको छ ।
समाचार अनुसार सुपर मोडल कैम्पबेल पछिल्ला दिनमा नाइजेरियाका तेल ब्यापारी कोला अलुसंग अन्तरंग सम्बन्ध राख्ने गरेकी छन् । कैम्पबेल अलुसंग डेटिङका साथै मस्ती गर्ने गरेको समाचारमा उल्लेख छ ।
न्यू योर्क पोस्टका अनुसार कैम्पबेल र अलु ओक्टोबरमा नजिकिएका थिए । उनीहरु दुबै जनाले पेरिसमा सामान किन्दै गरेको तस्वीर सार्वजनिक भए पछि सम्बन्धका बिषयमा समाचार सार्वजनिक भएको हो ।
कैम्पबेल र कोला अहिले अत्यन्तै नजिकका साथी बनेका छन् । यो साथीत्वलाई उनीहरुले लामै समय सम्म निरन्तरता दिने जनाएका छन् । समाचारमा जनाइए अनुसार कैम्पबेल र अलुले बिवाह गर्ने विषयमा पनि सोंच बनाएका छन् ।
अहिले नाओमी बच्चहरुका लािग एक च्यारिटी कार्यक्रमको तयारीमा छिन् । उनी हाल अफ्रिकामा रहेको समाचारमा जनाईएको छ । अफ्रिकामा रहेकी कम्पबैल तेल ब्यापारीका साथ नयां बर्षको उत्सव मनाउनकै लागि रुस गएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार